शनिबार, वैशाख १५, २०८१

कडा पारियो उपत्यकाको सुरक्षा व्यवस्था

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार चाडबाडका समयमा हुने अपराधलाई नियन्त्रण गर्न प्रहरी रणनीतिक रुपमा लागेको छ । 

सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मङ्गलबार नयाँ बसपार्कमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा समुदायको सहकार्य’ विषयक कार्यक्रममा उनले कुनै पनि प्रकारका अपराधीक घटना नहोस भनेर आफूहरुले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराए । 

“समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छौँ”, उनले भन्नुभयो । प्रहरी सङ्गठनभित्र निष्ठा र इमान्दारीका साथ काम नगर्ने प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बसपार्क क्षेत्रमा हुने अपराधका घटनालाई न्यूनीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै यसका लागि समाजको सहयोग आवश्यक रहेको बताए । । 

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै सबै मिलेर अपराध नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।