शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शेयर कारोबारमा ऐतिहासिक फड्को, आजैदेखि अनलाइन प्रणाली

शेयर कारोबारमा ऐतिहासिक फड्को, आजैदेखि अनलाइन प्रणाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले मंगलबारबाट पूर्ण स्वचालित (फुल्ली अटोमेटेड) अनलाइन प्रणाली शेयर कारोबार लागू गरेको छ । 

ब्रोकरहरुले मंगलबारदेखि यहि प्रणालीमा रहेर शेयर किनबेच गर्ने तथा गराउनेछन् । एक्स्चेन्ज लिमिटेडका अनुसार लगानीकर्ताले प्रणाली आफैँले प्रयोग गर्न भने केहि समय पर्खनुपर्ने हुन्छ । 

ब्रोकर अभ्यस्त भएपछि मात्र अनलाइन प्रणाली पूर्णरुपमा लगानीकर्ताको हातमा छाडिने भएको छ । त्यसपछि भने लगानीकर्ताले आफैंले खरिदबिक्री आदेश लिन सक्ने भएको छ । पुरानो सिस्टम मंगलबारदेखि नै बन्द भएको छ ।

नयाँ प्रणाली राजधानीमा एक कार्यक्रमको आयोजना गरी अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।

उनले उद्घाटनको क्रममा प्रणाली असल कामको शुरुवात भएको बताए । यसले वित्तीय सांक्षात्कारलाई अघि बढाउन सहयोग मिल्ने उनको भनाइ छ । 'शेयर बजारमा लगानी गर्न विगतदेखिनै संस्थागत लागनीकर्ताहरु गैर वित्तीय संस्थाहरुलाई आग्रह गरिरहेको छु,' उनले भने 'पूजीगत लाभकर व्यवस्थाको लागि सरकार अघि बढि सकेको छ ।'

शेयरमा समावेश भएका कम्पनीहरुको फाइदा गरिरहँदा नेप्से पनि बढ्नु पर्ने उनको धारणा छ ।

अझै पनि उनले शेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय विश्लेषण गरेर लागनी गर्नु पर्ने लागानीकर्तालाई आग्रह गरे । 

उनले भने, 'शेयर बजारमा आएको कम्पनीहरुको वासलात, नफा/नोक्सान, भविष्य हेरेर मात्र लगानी गर्नु होला ।'

राष्ट्र बैंकका डेपूटी गभर्नर शिवराज श्रेष्ठले शुरुवात भएको अनलाईन ट्रेडीङ पूँजी बजारको लागि कोशेढुङ्गा भएको बताए । घरमै बसेर घरबाटै शेयर कारोबार गर्न सकिने उनको भनाइ छ । 'ट्रेडिङले वित्तीय फाइनान्स बुझाउन सहयोग हुने । अब ब्रोकर मै मात्र निर्भर हुन पर्दैन,' उनले भने । उत्कृष्ठ बैंकहरुलाई शेयर ब्रोकरको रुपमा प्रयोग गर्न सकिने धारणा राखे ।

कार्यक्रममा धितोपत्र बोर्ड (सेबन)का अध्यक्ष रेवतबहादुर कार्कीले उक्त अनलाइन ट्रेडिङ २५ वर्षपछिको एतिहासिक उपलब्धि रहेको बताए । अक्सन मार्केटलाई कार्यविधि बनाएर अघि बढाउने, प्रदेशअनुसारको ब्रोकरको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय सेयर बजारअनुसार अघि बढाउने प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

'अनलाइन कारोबार प्रणाली सुरु भएसँगै हामीले दैनिक करिब  ५ अर्ब रुपैयाँ शेयर कारोबार हुने अपेक्षा गरेका छौं,' उनले भने 'अझ आधुनिक प्रणालीहरुको विकास गर्दै हाम्रो पूँजी बजारलाई स्वच्छ, पारर्दशी र वृहत्त बनाउदै लाने योजना छ ।'

कार्यक्रममा ब्रोकर संस्थाहरुले शेयर बजारमा यो एतिहासिक परिवर्तन भएको बताएका छन् । उनीहरुले विगतदेखि झेल्दै आएको सुइन हुने सम्भावना अब हट्ने पनि बताएका छन् ।
उनीहरुले अनलाइन ट्रेडिङको महत्व बताइरहँदा सेटलमेन्ट फन्टको कार्यविधि, अक्सन मार्केटलाई समयमै ल्याउनु पर्ने बताए ।

अनलाइनको दायरा बढाउन एजेन्ट र सफ्ट एजेन्टहरुको लागि कार्यविधि बनाइ गाउँपालिकासम्म ब्रोकर पुग्ने वातावरण बनाउनु पर्ने धारणा राखे । नेप्सेले सुरु भएको पूर्ण स्वस्चालित अनलाइन प्रणालीले शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने बताएको छ ।


के हो अनलाइन कारोबार प्रणाली ?

धितोपत्रको दोस्रो बजार सञ्चालन गर्दै आएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले विगत दुई दशकदेखि विभिन्न आधुनिक प्रविधिको प्रयोग गर्दै आएको हो । 

प्राविधिक विकासलाई आत्मसात गर्दै जाने क्रममा ती प्रविधिहरु प्रयोगमा ल्याइएका हुन । ०५० सालमा नियमित बजार सञ्चालनका लागि सदस्य दलालहरुले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा उक्त आदेशहरु लेख्ने गरी 'ओपन आउट क्राइ सिस्टम' आधारित कारोबार कक्ष खुलेको थियो । 

त्यसपछि ०६४ सालमा ओपन आउट क्राई सिस्टमलाई सेमी अटोमेटेड ट्रेडिङ सिस्टमले विस्थापित गर्‍यो । 

०७२ सालदेखि कागजी शेयर प्रमाणपत्रहरुलाई विद्युतीय स्वरुपमा ढालेर कागजरहित कारोबार, राफसाफ तथा फछ्र्यौटको थालनी भयो । हाल नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा प्रदान सुरु गरेको छ ।

यस्तो छ, नेप्से अनलाइन कारोवार प्रणाली 

यो इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयंले बिभिन्न धितोपत्र खरिद/बिक्रीआदेश प्रविष्ट गरी कारोवार गर्न सकिने प्रणाली हो । 

यस प्रणालीमा कम्पनी सूचीकरण, सदस्य दलाल दर्ता, सुपरीवेक्षण, जोखिमव्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालनलगायतकाकार्यहरु पूर्णरुपमा स्वचालित छन् । 

छुट्टाछुट्टै २०वटा मोड्युल तथा अन्य सहायक मोड्युलहरु मिलेर एकीकृतरुपमा नेप्से अनलाइन कारोवार प्रणाली (एनओटीएस) को विकास गरिएको छ । यस प्रणालीको निर्माण गर्न नवीनतम प्रविधिको प्रयोग गरिनुका साथै सफ्टवेयर विकासमाप्रयोग गरिने अन्तर्राष्ट्रिय मापदण्ड/अभ्यासहरुलाई पछ्याइएको छ । 

जसले गर्दा भविष्यमा बढ्न जाने भार (लोड)लाई सजिलैसँग व्यवस्थापनगरी कारोबार सञ्चालन गर्न सकिन्छ । 

साथै तेस्रो पक्ष (क्लियरिङ बैंक, सिडिएस लगायत)लाई प्रणालीसँग एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपीआई)को माध्यमबाट आवद्ध गर्न सकिने व्यवस्था समेत यसमा रहेको छ ।

यस्तो छ कारोवार व्यवस्थापन प्रणाली 

ब्रोकर तथा लगानीकर्ताहरुले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरिद/बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) हो । उक्त माध्यमबाट ब्रोकरहरुले लगानीकर्ताहरुको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयका कर्मचारीहरुको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन लगायतका कार्यहरु गर्न सक्छन् । 

लगानीकर्ताहरुले समेत टीएमएस को प्रयोग गरी आदेश प्रविष्ट गर्ने, कारोबारकै समयमा चार्टहरु हेर्न मिल्ने, रकम ट्रान्सफर गर्न सकिने आदि सुविधाहरु यसमा रहेका छन् ।

कसरी गर्ने अनलाइन प्रणालीबाट कारोवार

लगानीकर्ताले इन्टरनेटको माध्यमबाट कारोवार गर्न सबैभन्दा पहिले ब्रोकर कार्यालयमा उपलब्ध रहेको नो योर कस्टमर (केवाईसी) फर्म भर्नुपर्छ । फर्ममा अनलाइन खाता रोजेकाले मात्र स्वयंले कारोवार गर्न सक्छन् भने अफिन खाता भएका लगानीकर्ताहरुले ब्रोकरको माध्यमबाट मात्र कारोवार गर्न सक्छन् । 

ब्रोकरले केवाईसी फर्म रुजु गरी टीएमएसमा लगानीकर्ताको खाता खोली युजार नेम तथा पासपोर्ट लगानीकर्ताले उपलब्ध गराएको भ्यालीड इमेल एड्रेसमा पठाउँछ । 
प्राप्त युजरनेम र पासपोर्ट रिसेट गरी ब्रोकरले उपलब्ध गराएको कारोबार लिमिट र यूआरएल प्रयोग गरेर लगानीकर्ताले कारोवार गर्न सक्छन् ।

लगानीकर्ताले ध्यानदिनु पर्ने कुराहरु

युजरनेम तथा पासपोर्ट सुरक्षित राख्ने, भ्यालिड इमेल एड्रेस तथा फोन नम्बर उपलब्ध गराउने, उपलब्ध लिमिट अनुसारको मात्र कारोबार गर्ने, टीएमएस युजर म्यानुलको अध्ययन गरेर मात्र कारोवारमा सहभागी हुने, एउटा डीमेट खाता एउटा कारोवार खातासँग मात्र आवद्ध गराउने ।

टीएमएस प्रयोग गर्ने तरिका

सम्बन्धित सदस्य दलालको कार्यालयमा गई इमेल ठेगानासहित केवाईसी अपडेट गर्नुपर्छ । सदस्य दलालबाट ट्रेडिङ यूआरएल एड्रेस तथा युजरनेम प्राप्त गर्नुपर्छ ।

इन्टरनेट सेवा उपलब्ध भएको ब्रोसरमा ब्रोकरबाट प्राप्त युआरएल (एड्रेस) खोल्ने लगायतका विभिन्न प्रक्रिया अघि बढेको छ ।

उक्त अनलाइन प्रणलीमा सूचिकरण व्यवस्थापन, धरौटी (कोलाटेरल) व्यवस्थापन, ब्रोकर व्यवस्थापन, बजार निर्माता, सूचकांक व्यवस्थापन, मूल्य सम्बन्धी जानकारी प्रवाह लगायतको व्यवस्था गरिएको छ । 

उक्त दोस्रो बजारमा भएका कारोबारलगायत अन्य कार्यहरु सम्बन्धी सम्पुर्ण रिपोर्ट जेनेरेट गर्ने कार्य मोड्युलबाट गरिन्छ । आफैंले खरिदबिक्री आदेश दिन सक्ने व्यवस्था छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।