शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'कानुनी अल्झन हामी हटाउँछौं, इलाममा लगानी गर्न आउनुहोस्'

'कानुनी अल्झन हामी हटाउँछौं, इलाममा लगानी गर्न आउनुहोस्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले इलाममा लगानीका लागि व्यवसायीलाई आह्वान गरेका छन् । इलाम नगरपालिकाले आगामी कात्तिक २५ गते इलाममा आयोजना गर्न लागिएको लगानी सम्मेलनको पूर्वतयारी स्वरुप आइतबार काठमाडौंमा उद्योगी व्यवासयीसँगको छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले इलाममा लगानीको उचित वातावरण बनेकाले लगानी गर्न सम्पूर्ण उद्योगी व्यवसायीलाई आग्रह गरे । 

‘इलाममा लगानी गर्न के अवरोध छ? कानुनी जटिल्टा के छन्? सबै हामीलाई भन्नुहोस्। त्यसलाई हामी सहज बनाउन तयार छौं । सम्पूर्ण जटिल्टा समाधान गर्न सकिने नै हुन्छन्,’ नेता खनालले भने, ‘इलाम अहिले लगानीका लागि योग्य ठाउँ बनेको सम्पूर्ण उद्योगीलाई मेरो अनुरोध छ। इलामसँग हातेमालो गरौं। लगानी गर्न इलाम जाऔं ।’ प्राकृतिक स्रोतसाधन, मानवीय स्रोत, सांस्कृतिक स्रोतलगायतका विषयमा इलाम समृद्ध रहेको भन्दै खनालले अहिले उर्जा, जलविद्युत र पर्यटनका क्षेत्रमा लगानी बढिरहेको बताए । यो सम्मेलनपछि अझै लगानीका आधार बढ्ने उनको भनाई छ । 

कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले पनि इलाममा लगानीको धेरै सम्भावना रहेको भन्दै लगानी गर्न आइपर्ने अफ्ठयारालाई सम्बोधन गर्न ठोस प्रस्ताव उद्योगी व्यवसायीले ल्याउनुपर्ने बताए । ‘लगानीका लागि हामी जस्तोसुकै काम गर्न तयार छौं । अहिले कानुन निर्माणको क्रममा नै छौं यही बेला तपाईंहरुले ठोस योजनासहित प्रस्ताव ल्याउनुभयो भने अनुकुल कानुन निर्माण गर्ने प्रतिबद्धता जनाउँछु।’संविधानमा निजी क्षेत्रका बारेमा स्पष्ट व्यवस्था गरेको भन्दै सत्तारुढ दल नेकपा र वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउन प्रतिबद्ध रहेकाले पनि लगानीको आधार अहिले अनुकुल रहेको बताए । 

कार्यक्रममा सांसद सुजता परियारले पनि इलामको प्रकृतिका विषयमा सर्वत्र चर्चा हुने भन्दै यो प्राकृतिक सुन्दरता आर्थिक उपार्जनका लागि हुनुपर्ने बताइन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले इलामलाई मुख्य आधार बनाएर धेरै उद्योगी व्यवसायीले लगानी गर्ने इच्छा जनाएको बताइन् । उनले एक वर्षभित्रमा इलाममा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने महासंघको योजना रहेको पनि उनले बताइन् । इलामका जनप्रतिनिधि तथा स्थानीय सरकार लगानी भित्र्याउन नीतिगत रुपमा नै अब्बल जिल्लाका रुपमा रहेको भन्दै अध्यक्ष राणाले अब लगानी भित्र्याएर समृद्धिको सुरुवात झुल्के घामको जिल्ला इलामबाट सुरु हुने पनि बताइन् । 

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले इलाम आफ्नो जन्मभूमि रहेको स्मरण गदै इलाममा केही गरेर इलामको समृद्धि ल्याउन आफूले काम गर्ने बताए । इलाममा रहेका नदीनाला, प्राकृतिक सम्पदालगायतबाट राम्रो आम्दानी लिन सक्ने उनको भनाई छ ।

उद्योगी शेखर गोल्छाले लगानीका लागि व्यवसायीका केही आधार रहेको भन्दै ति आधार सरकारले पूरा गर्न सके इलाममा लगानी गर्न सकिने बताए । सरकारले उद्योगीलाई उत्साही बनाउनुको साटो निरुत्साहीत गर्ने नीति लिएका कारण उद्योगी केही निसार भएकाले अब उद्योगीलाई उत्साहीत बनाउने काम इलामले गर्नेमा आशावादी रहेको बताए । नेपालको निजी क्षेत्र कर तिर्न चाहान्छ, सम्मान पनि चाहान्छ भन्दै गोल्छाले उद्योगीलाई कर तिर्ने वातावरण बनाउन काम गर्नुपर्ने पनि दाबी गरे।

शैक्षिक उद्यमी तथा सांसद उमेश श्रेष्ठ इलामलाई शैक्षिक हव बनाउने गरी लगानी गर्न आफू तयार रहेको बताएका छन् । ‘सँगैमा दार्जिलिङ एसियाको शैक्षिक हवका रुपमा विकास भएको छ। त्यही प्रकृतिको इलाम किन पछाडि छ?’ श्रेष्ठले भने, ‘पूर्वाधारको उचित विकास भएमा हामी इलामलाई पनि दाजिङलिङभन्दा राम्रो शैक्षिक हवका रुपमा विकास गर्न सक्छौं ।’ 

नेपाल जडिबुटी उत्पादक संघको अध्यक्ष गोविन्द घिमिरेले इलाममा उत्पादन हुने चिराइतो, अलैचिलगायतका उत्पादनलाई स्थानीयस्तरमै उत्पादन गर्न सके राम्रो हुने बताए ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अघिकारीले इलामको सुन्दरतालाई सर्वत्र चर्चा हुने गरेको बताए । यही सुन्दरतालाई लिएर धेरै चलचित्र बनेको भन्दै उनले इलामलाई चलचित्रको माध्यमबाट विश्वपरिचित गराउन सकिने बताए । उनले लगानी गर्न आउने व्यक्तिलाई सुरुमा आकर्षण प्रदान गरेपनि लगानी लिएर आएपछि स्थानीयले विरोध र अवरोध गर्ने पाइएको भन्दै त्यसलाई इलाम नगरपालिकाले व्यवस्थित बनाउनुपर्ने बताए ।

नेपाल डेरी संघका अध्यक्ष राधाकृष्ण सापकोटाले पनि इलाम कृषि क्षेत्रको आधार भूमिका रुपमा आफूले बुझेको भन्दै इलाममा उत्पादन भएको दूधलाई प्रशोधन गरेर राम्रो आर्जन गर्न सकिने बताए । दुग्ध उत्पादक किसान र दूग्ध जन्य उद्योगलाई लगानी गर्ने उचित वातावरण बनाउन सके इलामे किसानलाई समृद्ध बनाउन सकिने बताए ।

लगानी सम्मेलन आयोजक समितिका सदस्य कृष्ण शाहले उद्योगका लागि चाहिने उर्जा, सुरक्षा र यातायातको सुविधा इलाममा रहेकाले अहिले लगानीका लागि सबैभन्दा सहज जिल्ला इलाम रहेको बताए । लगानी सम्मेलन आयोजक समितिका अर्का सदस्य अर्जुन भट्टराईले पनि प्राकृतिक, सास्कृतिक, जनशक्ति सम्पूर्ण हिसाबले इलाम मजबुद रहेकाले अब उचित नीति ल्याएर लगानीको वातावरण इलाममा बनाउन सकिने बताए ।

कार्यक्रममा सहभागि अन्य उद्योगी व्यसायीहरुले लगानीका लागि आह्वान गरेरमात्र नहुने भन्दै लगानीका लागि राष्ट्रिय नीति राम्रो बनाउनुपर्ने बताएका थिए । उनीहरुले लगानीको राम्रो आधारक्षेत्र इलामलाई बनाउँदै यो अभियान देशभर चलाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा उद्योगी व्यवसायीको कुरा सुनेर इलाम नगरपालिकाका मेयर महेश बस्नेतले इलाममा पनि लगानीका लागि पुँजीको विकास भइरहेको र त्यो पूँजी औद्योगिक विकासका लागि प्रयोग भइरहेको बताए । उनले इलाममा लगानी गर्न चाहने जो कोही उद्योगी व्यवसायीलाई इलामले स्वागत गर्ने भन्दै उनले आपसी सहकार्यका साथ सम्पूर्ण अवरोधका गाँठो फुकाएर इलामे जनता, इलामका जनप्रतिनिधि तयार रहेको बताए । इलामको औद्योगिक विकासका लागि चाहिने सम्पूर्ण कुरा पूरा गर्न आफू प्रतिबद्ध रहेको बस्नेतले प्रतिबद्धता जनाएका छन् ।

इलामका चार नगरपालिका ६ गाउँपालिकासहित १० वटै स्थानीय तहको नेतृत्व गर्दै  सदरमुकामको नगरपालिका इलामले आगामी कात्तिक २५ गते इलाममा लगानी सम्मेलन गर्दैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।