एजेन्सी- शनिबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनलले बराबरी खेल्दै अंक बाँडेका छन् । लिगमा अहिले सम्म अपराजित यि दुई टोली पहिलो पटक १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलको दोस्रो खेलमा दुबै टोलीले एक एक गोका थिए । आर्सनलको घरेलु मैदान ईमिरेट्स स्टेडियममा लिभरपुलले ६१ औ मिनेटमा जेम्स मिल्नरको गोलबाट अग्रता लिएको थियो । प्रिमियर लिगमा उनको यो ५० औ गोल हो ।
तर ८२ औ मिनेटमा आर्सनलका एलेकसान्द्र लाकाजेट्टीले बराबरी गोल गर्न सफल द्धभएका थिए । खेलपछि दुवै टोलीले समान १ अंक जोडे । त्यही एक अंक प्राप्त गर्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लियो ।
उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँग एक अंकको अग्रता थियो । आर्सनल २३ अंक सहित चौथो स्थानमा यथावत रह्यो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४