टुरीन (एजेन्सी)- शनिबार राति भएको इटालियन सिरी ए लिग फुटबलमा साबिकको विजेता युभेन्ट्सले सहज जित निकालेको छ । युभेन्ट्सले काग्लियारीलाई ३-१ ले पराजित गर्दै सहज जित निकालेको हो ।
युभेन्ट्सको घरेलु मैदानमा जित दिलाउन पाउलो डिबाला र जुवान काउड्राडोले एक एक गोल गरे । युभेन्ट्सले एक आत्मघाती गोल उपहार पाएको थियो । काग्लियारीका फिलिप ब्राडारिचले आत्मघाती गोल गर्दा जोया पेड्रोले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमै डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा पेड्रोले गोल फर्काउदै खेल १-१ को बराबरीमा ल्याएका थिए । ३८ औं मिनेटमा ब्राडारिचले आत्मघाती गोल गरेपछि युभेन्ट्सले २-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई ३-१ को सहज जित निकालबो थियो । पाहुना टोलीविरुद्ध स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने गोल गर्न असफल भए ।
उनले पाएको केहि मौकामा गोल गर्न सकेनन् । तर, खेलअघि रोनाल्डोलाई युरोपियन क्लब फुटबलमा ४ सय गोलको पुरा गरेकोमा क्लबले सम्मान स्वरूप ४०० अंकित जर्सी प्रदान गरेको थियो ।
रोनाल्डोले उक्त जर्सी प्रदर्शनी गरेका थिए । यस जितसँगै युभेन्ट्सले ११ खेलबाट ३१ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । पराजित काग्लियारी १३ अंक जोडेर १३ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४