शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएपछि हंसपुर नगरपालिकाका प्रमुख र उपप्रमुख फरार

ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएपछि हंसपुर नगरपालिकाका प्रमुख र उपप्रमुख फरार

धनुषाको हंसपुर नगरपालिकाका जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

जनकपुरधाम– धनुषाको हंसपुर नगरपालिकाका जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको छ। हंसपुरका नगर प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा र वडाध्यक्षहरुको नाममा धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो।

triton college

कार्यालय सार्ने विषयमा नगर प्रमुख मण्डल र उपप्रमुख झाबीचको विवाद उग्र भएपछि भएको आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका स्थानीय तपेश्वर मण्डलको उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो। 

हंसपुर नगरपालिकाको कार्यालय नसार्ने पक्षमा नगर उपप्रमुख रेणु झा थिइन्। उनकै समर्थक रहेका तपेश्वर मण्डलको मृत्यु भएपछि तपेश्वरका छोरा राजकुमार मण्डलले नगरप्रमुख रामज्ञान मण्डल, उदय सिंह, श्याम राउतसहितमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए।

ती जनप्रतिनिधिविरुद्ध पक्राउ पुर्जी जारी गर्नुभन्दा अगाडि हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउतलाई पक्राउ गरी प्रहरीले सोधपुछ गरेको थियो। राउतलाई पक्राउ गर्न समेत धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई प्रहरीले २ साता अगाडि नै नियन्त्रणमा लिएको थियो।

मृतकका छोरा राजकुमारको उजुरीका आधारमा धनुषा प्रहरीले करिब दुई वर्षपछि हंसपुर नगरपालिकाको कार्यपालिका सदस्य श्याम राउतलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। यता दुवै पक्षले एक अर्काविरुद्ध उजुरी दिएको लामो समयपछि धनुषा प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको हो।

corrent noodles
Metro Mart

तपेश्वर मण्डलको मृत्यु प्रकरणका मुख्य आरोपी नगर प्रमुख रामज्ञान मण्डल, नगर उपप्रमुख रेणु झा र हंसपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष उदय सिंह, वडाध्यक्ष किशोरी यादव र नगर कार्यपालिका सदस्य राउतमाथि पीडित पक्षले दिएको जाहेरी अनुसार धनुषा प्रहरीले कारवाही प्रकिया शुरु गरेको छ।

२०७६ साउन २१ मा हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको आन्दोलनको क्रममा झडपमा घाइते भएका तपेश्वर मण्डलको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा २०७६ भदौ १८ गते मृत्यु भएको थियो।

पक्राउ पुर्जी जारी भएलगत्तै हंसपुर नगरपालिकाका जनप्रतिनिधिहरु फरार भएका छन्। फरार आरोपीहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: Aug 12, 2021| 16:35 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।