बिहीबार, वैशाख २०, २०८१

स्वास्थ्य बीमा बोर्डको निर्देशकमा तीन जना सिफारिश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- लोकसेवा आयोगले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि अन्तिम तीन जनाको नाम छनोट गरिएको छ। आयोगले पाँच जनामध्ये तीन जनाको नाम बिहीबार नै मन्त्रालयलमा पठाएको हो । 

आयोगले असोज ५ र ६ गते नै उक्त पदको लागि अर्न्तवार्ता लिएको थियो। अन्तवार्ताको क्रममा उमेदवारहरुले कार्ययोजना समेत प्रस्तुत गरेका थिए। सोही आधारमा आयोगले बुधबार तीन जनालाई छनौट गरेको बताइएको छ। 

तीनमध्ये आयोगले पहिलो नम्बरमा बीमा विज्ञ डा.दामोदर बसौलालाई छनोट गरेको छ। 

त्यसैगरी दोस्रोमा बीमा समितिका पूर्व निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्की र तेस्रोमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रमेश प्रोख्रेल छनौटमा परेका हुन्। 

मन्त्रालयमा गठन भएको निर्देशक छनौट समितिले पाँच जनाको नाम सिफारिश गरेको थियो । जस मध्ये लोकसेवा आयोगले तीन जनाको नाम अन्तिममा छनौट गरेको हो। 

आयोगले छनौट गरेकामध्ये मन्त्रिपरिषद बैठकले एक जनाको नाम सिफारिश गर्नेछ। 

लोक सेवा आयोगका अध्यक्ष वा प्रतिनिधि संयोजक र स्वास्थ्य सचिव सदस्य सचिव रहने छनौट समितिले उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्ने र त्यसमध्ये एक जनालाई निर्देशक बन्ने जनाइएको छ।  निर्देशकको पद ४ बर्षको हुनेछ। 

निवेदन कति पर्यो ?

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सात जनाको निवेदन परेको थियो। 

स्वास्थ्य बीमा ऐनको मापदण्डमा नपरेका निवेदकहरु छनोटमा नपरेको बताइएको छ। मन्त्रालयकाअनुसार साउन २८ गते ७ दिनको म्याद दिएर कार्यकारी निर्देशकको लागि दरखास्त आवहन गरिएको थियो। 

त्यसबेला १९ जनाले दरखास्त दिएका थिए पनि मन्त्रालयले प्रक्रिया नपुर्याइ आवेदन खुलाएको भन्दै लोकसेवा आयोगले १६ दिनपछि छनोट प्रक्रिया रद्ध गरेको थियो। त्यसपछि भदौ २४ गते पुःन दोस्रो पटक विज्ञापन आवहन गरेको हो । पछिल्लो पटक गरेको विज्ञापनमा दरखास्तका लागि १५ दिनको समयमा सिमा तोकिएको थियो। 

स्वास्थ्य बिमा ऐन २०७४ अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्सा शास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरि सम्बन्धित क्षेत्रमा दश बर्षको अनुभव पाप्त गरेको हुनुपर्छ। साथै ६५ वर्ष ननाघेको व्यक्ति कार्यकारी हुन सक्ने व्यवस्था गरेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्