शुक्रबार, वैशाख १४, २०८१

मध्य भोटेकोशीको एक अर्ब ४४ करोडको आईपीओ निश्कासन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-मध्य भोटेकोशी जलविद्युत कम्पनीले २८ कार्तिकदेखि पहिलो चरणको साधारण शेयर(आईपीओ) सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा एक सय रुपैयाँ अंकित दरको एक अर्ब ४४ करोड रुपैयँ बराबरको १ करोड ४४ लाख कित्ता साधार शेयर सार्वजनि निश्काशन २८ कातिकदेखि निश्काशन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणिप्रसाद काफ्लेले बताए । त्यसका लागि कातिक १५ अर्थात बिहीबारदेखि अाव्हान पत्र प्रकाशन गर्ने उनकाे भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणले राजधानीमा बुधबार गरेको पत्रकार सम्मेलनमा मध्ये भोटेकोशीको अार्इपीअाे निश्काशन सम्बन्धमा सीर्इअाे काफ्लेले जानकारी गराइएका हुन् । 

उनकाअनुसार शेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट असोज २९ मा विवरणपत्र स्वीकृत भएको थियो । जसमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ता कर्मचारीका लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्थाका कर्मचरीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचरीका लागि ६ लाख कित्ता शेयर निश्काशन गर्न लागिएको हो ।‘सर्वसाधारण समूहका लागि छुट्याइएको शेयरको निश्काशन तथा विक्री वितरण गर्न ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निश्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल लिमिटेड एनआईबिएलएस क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड लगायतलाई सह-निश्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ,’ उनले भने ।



क-कसले आईपीओमा निवेदन दिन सक्ने

सीईओ काफ्लेकाअनुसार जलविद्युत कम्पनी र कर्मचरी सञ्चय कोषबीच ०६८ मंसिर २२ गते ऋण सम्झौता भएको र सोही सम्झौता बमोजिम उक्त मितिमा बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको मिति ०७५ असोज २९ सम्ममा थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचरीहरु र ऋणदाता संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचराीहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन दिदा सञ्चयकर्ताहरुले यो वर्षको २८ कातिकदेखि १४ मंसिरसम्म र संस्थापक संगठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले १८ देखि २६ मंसिरसम्म आवेदन दिन सक्ने कम्पनीको भनाइ छ । 

कम्पनीकाअनुसार शेयर निश्काशन तथा बिक्री वितरणका लागि सेन्ट्रलाइज्ड एप्लीकेशन फर  एएसबीए बेस इसुएन्स (सी–एएसबीए) अनिवार्य गरिएको छ । 

आवेदकहरुले देशभरी रहेका सी–एएसबीए सेवा प्रदाना गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा आफ्नो कर्मचारी परिचयपत्र तथा संचयकर्ताको हकमा संचयकर्ता परिचयपत्र पेश गरी आवेदन दिनुपर्नेछ । आवेदकहरुको सीआरएन तथा डिम्याट खाता अनिवार्य गरिएको छ ।

‘शेयरको लागि आवेदन दिदा कर्मचारी संचय कोषका संचयकर्ताहरु र संस्थापक संस्थाका कर्मचरीहरुले न्युनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम पाँच सय कित्तासम्म आवेदन दिन सक्नेछ,’ सीईओ काफ्लेले भने ‘कर्मचारी संचय कोषका कर्मचारीले न्युनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १२ सय कित्तासम्मको लागि शेयरमा आवेदन दिन सक्ने छन् ।’

उक्त मध्य भोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्ये भोटेकोशी जलविद्युत आयोजनाको निर्माण गरिहरेको छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी ६ अर्ब रहेको छ ।

निर्माणाधीन यस आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण संम्झौता हुदाका बखत निर्माण अबधिको ब्याजबाहेक  १२ अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।

हाल आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । निर्माणाधीन आयोजनाको शुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको छ । ५० प्रतिशत ऋणका लागि कर्मचारी संचयकोषसँग ऋण सम्झौता भएको छ । संस्थापक समूहबाट कबोल भएको शेयर रकम तीन अर्ब ६ करोड रुपैयाँ चुक्ता भइसकेको जनाइएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।