शनिबार, वैशाख १५, २०८१

के छापे आजका राष्ट्रिय दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

राजधानीका विभिन्न सडकमा रहेका खाल्डा खुल्डी र त्यसले निम्त्याएको दुर्घटनाको विषयलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । इमानमै खाल्डो शीर्षकमा खबर लेखेको उसले एक अर्कालाई दोष दिएर सरकारी निकायहरु उम्किने गरेको उल्लेख गरेको छ । 

नागरिक दैनिकले भने पैसाको छेलोखेलो शीर्षकमा मुख्य समाचार छापेको छ । राजस्व असुली दर उच्च र पुँजीगत बजेट खर्च शिथिल हुँदा ८० अर्व बचत भएको समाचारमा उल्लेख छ । यस्तै नागरिकले नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गाली लागेर एक जनाको मृत्यु भएको विषयलाई प्राथमिकतामा पारेको छ । 

आजको अन्नपूर्ण पोस्ट्ले वाइड बडीका कारण नेपाल वायुसेवा निगम ऋणमा डुब्दै गएको खुलासा गरेको छ । उसका अनुसार निगमको कमाई २६ करोड ४८ लाख हुँदा खर्च भने ७५ करोड ६६ लाख भएको छ । निगम ऋण नै ऋणमा डुवेको पनि अन्नपूर्णले लेखेको छ ।
 
कान्तिपुरले भने गण्डकीसहित प्रदेश २ र ३ मा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको विषयलाई मुख्य समाचार बनाएको छ । चीन सरकारको सहयोगमा तीनवटा प्रदेशमा नमुना गाई फार्म खोल्न लागिएको समाचारमा उल्लेख छ ।

 यस्तै कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री आफै ठेकेदार बनेर ठेक्का पट्टा हात पार्दै हिड्ने गरेको खबरलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।

वाइड बडीका कारण ऋणमा डुब्दै निगम

आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित खबरअनुसार व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। 

सुरुको ४५ दिनमै यिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक करोडभन्दा माथि हो।

अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए। त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघ्यो। कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य भने अझै तय भएको छैन।

जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दूरीमा कसैले अनुमति दिएको छैन। राम्रो कमाइ गरिरहेका अघिल्ला जहाजकै ‘सेक्टर’ यिनले खोसेका छन्। यसले गर्दा न्यारो बडीको कमाइ पनि घटेको छ। स्रोत भन्छ– ‘यही अवस्था रहिरह्यो भने एक वर्षमा निगम टाट पल्टिन सक्छ।’

निगम स्रोतका अनुसार भदौ मसान्तासम्म यसको बैंक मौज्दात २० करोड ६८ लाख रुपैयाँ मात्र छ। यो स्वदेश, विदेशका सबै बैंकमा भएको रकम जोडेर आएको हो। जब कि यसले वाडड बडी किन्न र अन्य प्रयोजनमा लिएको ऋणको ब्याज मात्रै वर्षको ३ अर्ब ८५ करोड ३१ लाख ३१ हजार १ सय ५१ रुपैयाँ तिर्नुपर्छ। यो मासिक करिब ३२ करोड ११ लाख हो। ब्याजको दैनिक भार १ करोड ७ लाख रुपैयाँ पर्न आउँछ। सावाँको कुरै छैन !

आफैं मन्त्री, आफैं ठेकेदार

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्  ।

खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक ५ गतेको परिपत्रअनुसार ती योजना अब प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण हुनेछन् । खत्री सोही मन्त्रालयका विभागीय मन्त्री हुन् ।

आजको कान्तिपुरमा प्रकाशित खबरअनुसार‘आव २०७४/७५ सम्म सडक विभागअन्तर्गत रहेका ठेक्काका काम प्रदेशका सडक हेर्ने निकायसँग समन्वय गरी हस्तान्तरण प्रक्रिया थाल्ने,’ मन्त्रालयले सुर्खेतस्थित डिभिजन सडक कार्यालयलाई पठाएको पत्रमा भनिएको छ ।

डिभिजन सडक प्रमुख गुरु अधिकारीका अनुसार विभागको परिपत्रपछि ती योजना स्वत: प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण हुनेछ । ‘यस्तो अवस्थामा हामीले सम्झौता भइसकेका योजनामा काम गर्न मिल्दैन, बजेट पनि आएको छैन,’ उनले भने, ‘ती योजनाका लागि प्रदेशको विभागीय मन्त्रालयमा बजेट आउँछ, उसैले काम गर्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।