शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • को-को चढ्छन् मेलम्‍चीका ६० गाडी? बिनाको निर्देशनले फिर्ता होलान् त?

को-को चढ्छन् मेलम्‍चीका ६० गाडी? बिनाको निर्देशनले फिर्ता होलान् त?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाका ६० वटा गाडीहरु दुरुपयोग भएको खुलासा भएको छ। यी गाडीहरु विभिन्न व्यक्ति र संस्थाहरुले निजी प्रयोजनका लागि प्रयोग गर्दै आएको खानेपानी तथा सरसफार्इ मन्त्रालयले स्वीकार गरेको छ। 

खानेपानी तथा सरसफार्इमन्त्री बीना मगरले विभिन्न संस्था र व्यक्तिले प्रयोग गरिरहेका मेलम्ची आयोजनाका गाडीहरु तत्‍काल फिर्ता ल्याउन निर्देशनसमेत दिइसकेको बताएकी छन्। 

आयोजनाका गाडीहरुको दुरुपयोग भएको विषय सार्वजनिक भएपछि उनले मेलम्ची विकास समितिलार्इ यस्तो निर्देशन दिएकी हुन्। मेलम्ची आयोजनाका नाममा भएका ६० भन्दा धेरै गाडीहरु बाहिर प्रयोग भएका छन्। त्यसबापत आयोजनाले केही पनि आम्दानी पाउँदैन। 

मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भईरहेको भन्ने विषयप्रति आफू गम्भिर रहेको र फिर्ता ल्याउन निर्देशन दिइसकेको उनले बताएकी छन्। 

समितिकाअनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुई वटा गाडी लगिएका थिए। जसमा एउटा गाडी प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ। बा १ झ ८७५९ नम्बरको टोयटा प्राडो जीप प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रालय लगिएको हो। 

त्यस्तै अर्को बा१झ ८९९५ नम्बरको टोयटा प्राडो जीप समेत प्रधानमन्त्री कार्यालयमा रहेको समितिको भनाइ छ। मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरुमध्ये मेलम्ची र खानेपानी मन्त्रालयबाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन्। जसमा बा ८ च ६७६० नम्बरको टोयटा ल्याण्डक्रुजर जीप सहरी विकास मन्त्रालयमा छ। मन्त्रालयले उक्त गाडी २०६२ साल चैतदेखि प्रयोग गरिरहेको छ। 

अहिले टोयोटा ल्याण्डक्रुजर जीपमा हालै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव दीपेन्द्रनाथ शर्मा चढ्ने गरेका छन्। समितिकाअनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले मेलम्ची आयोजनाको बा १ झ ८७६३ नम्बरको प्राडो जीप प्रयोग गरिरहेको छ। प्राधिकरणले २०७० साल जेठदेखि उक्त गाडी प्रयोगमा ल्याएको हो। 

सहरी विकास मन्त्रालयमा प्रयोग भईरहेको बा १ झ ७१९४ नम्बरको मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भईरहेको बा ४ च १५०३ नम्बरको गाडी समेत फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको समितिले जानकारी दिएको छ।  
 
को-को सँग छन् गाडी ?


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।