शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राेकिएकाे मलेसियाकाे रोजगारी खुलाउन साेमबार सम्झाैता

राेकिएकाे मलेसियाकाे रोजगारी खुलाउन साेमबार सम्झाैता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल र मलेसियाबीच सोमबार श्रम सम्झौतामा हुने भएको छ । त्यसका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउदै छन् ।  

लगत्तै सोमबार दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालकातर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाकातर्फबाट मानव संशाधनमन्त्री कुलासेगरानले राजधानीमा एक समारोहबीच श्रम सम्झौतमा हस्ताक्षर गर्ने भएका छन् ।  

मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले सम्झौतामा कामदारको हकहित तथा कामदारको आर्थिक भार रोजगारदाता कम्पनीले व्यहोर्ने सम्बन्धी सम्झौता हुने भएको बताए । ‘सम्झौतापछि पनि जोइन्ट वर्कीङ ग्रुपहरुसँग मिटीङ गरिनेछ,’ उनले भने ‘त्यसैले मलेसियाको लागि रोजगारी खुल्नको लागि भने थोरै समय लाग्नेछ ।’

उनकाअनुसार नेपाल र मलेसियाबीच करिब डेढ दशकदेखि श्रम सम्बन्ध रहेपनि हालसम्म श्रम सम्झौता हुन सकेको छैन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको छैन । 

श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन गत महिना असोज १२ गते नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । त्यसबेला मलेसियामा नेपाली पक्ष र मलेसियाली पक्षबीच सम्झौताको लागि समहमति जुटेको हो । 

जसमा रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै कामदारको सम्पूर्ण आर्थिक भार रोजगारदाता कम्पनीले व्योहोर्ने गरिको सम्झौताको लागि सहमति भएको थियो ।

सहमतिमा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने, नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो लगायत उल्लेख छ ।

नेपाल सरकारले विभिन्न एजेन्सीका नाममा कामदारसँग अवैध शुल्क लिदै आएको एजेन्सी खारेज गरेसँगै करिब छ महीनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प भएको थियो । 

मलेसिया सरकारले प्रवेशाज्ञा शुल्कबापत सात सय मात्र तोकेको सन्दर्भमा विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी नेपाल सरकारले तोकेभन्दा बढी मनोमानी ढङगबाट शुल्क लिँदै आएका थिए ।
 
पचासको दशकदेखि नेपाली वैदेशिक रोजगारीमा जान थालेका हुन् । हालसम्म करीब ४३ लाख नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देशमा पुगेका छन् । नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य बनेको रुपमा परिचित छ । 

वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करीब ३० प्रतिशत कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली कार्यरत रहेको बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्