शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबलको १०४ औं शाखारहित बैंकिङ सेवा भक्तपुरको सरस्वतीस्थानमा 

ग्लोबलको १०४ औं शाखारहित बैंकिङ सेवा भक्तपुरको सरस्वतीस्थानमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ग्लोबल आइएमई बैंकले ९ कार्तिक शुक्रबार भक्तपुरको सरस्वती स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। थप गरिएको शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०४ पुगेको छ।

बैंकले भक्तपुरको चाँगुनारायणनगरपालिका वडा नं. ८, सरस्वतीस्थानमा आफ्नो १०४ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो। उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भक्तपुर जिल्लाका सहायक सिडिओ जय कुमार घिमिरेले जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरेका हुन्।

सरस्वतीस्थानमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय गौरव तिमल्सिनालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। यो शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको सूर्यविनायक शाखा अन्तर्गत रहने जनाइएको छ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमएको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन्। 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो। 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०४ शाखारहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्तआफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्