शुक्रबार, वैशाख १४, २०८१

राजाको श्रीपेच अब जनतासामु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आजबाट सर्वसाधारणले पनि हेर्न पाउने भएका छन्। नारायणहिटी दरबार संग्राहलय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नारायणहिटी दरबार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गरेपछि सर्वसाधारणको लागि पनि अवलोकन गर्न खुल्ला गरिएको हो। श्रीपेचका साथमा तत्कालीन रानीको मुकुट (टायरा), तरबार, राजदण्ड, झारी, चमरलगायत सामग्री पनि प्रदर्शनीमा ल्याइने भएको छ।

उक्त श्रीपेच विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा राखिएको छ। तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा र टायरामा २ हजार ७ सय टुक्रा छन्। श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो।

उक्त प्रदर्शनमा राखिएको  श्रीपेच राजा विरेन्द्रका लागि २०२८ सालमा प्रेमलाल श्रेष्ठले तयार गरेका थिए। शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेठ २२ गते राज्यारोहणका दिनबाहेक छोरी प्रेरणाको विवाहमा पहिरिएका थिए।

सरकारले आर्थिक वर्ष २०६८-६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।