शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारले किन रोक्यो निजामति कर्मचारी भर्ना प्रक्रिया ? 

सरकारले किन रोक्यो निजामति कर्मचारी भर्ना प्रक्रिया ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- सरकारले संघीय निजामती सेवामा दुई महिना कर्मचारी भर्ना स्थगित गरेको छ । आइतबार साँझ सकिएकाे मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोट कार्य रोक्न आग्रह गरेको हो । 

स्थानीय तह र प्रदेशमा आवाश्यक पर्ने कार्मचारीको विवरण संकलनमा ढिलाइ भएपछि सरकारले लोकसेवा आयेगलाई दुई महिनाका लागि विज्ञापन नखोल्न आग्रह गरेको हो । आयोगले विभिन्न पदका लागि परीक्षाको विज्ञापन गर्ने कार्यतालिका साउन १ मा प्रकाशित गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रिक्त दरबन्दीको विवरण समयमै प्राप्त गर्न सकेको थिएन । 

आयोगले प्राविधिक र प्रशासनतर्फका शाखा अधिकृतको विज्ञापन गर्ने तयारी गरिरहेको थियो । आयोग अध्यक्ष उमेश मैनालीले मन्त्रिपरिषद् निर्णयबाट करिब ८ लाख परीक्षार्थी प्रभावित हुने बताए । उनले दुई महिनाको अवधिमा पनि मन्त्रालयले आवाश्यक कर्मचारीको विवरण दिनेमा आशंका व्यक्त गरे । 

सरकारको आग्रह बमोजिम लोकसेवा आयोगले दुई महिना पछि मात्रै विभिन्न पदमा विज्ञापन गर्ने भएको छ । नियमित कार्यतालिकाअनुसार असोज ३१ देखि विज्ञापन खुलाउने कार्यक्रम थियो । सुरुमा सहसचिव र उपसचिवको विज्ञापन खुलाउने आयोगले तयारी गरेको थियो । तर सरकारको आग्रहपछि अब मंसिरको अन्तिम साता मात्रै सहसचिव र उपसचिवको परीक्षाको विज्ञापन प्रकाशन हुने भएको छ। 

आयोगको कार्यतालिकाअनुसार कार्यतालिका दुई महिना पर धकेलिँदा अधिकृतको विज्ञापन माघ–फागुनमा हुनेछ। नायव सुब्बाको विज्ञापन पनि फागुन–चैत र खरिदारको जेठ–असारमा हुनेछ । यसबाट करिब आठ लाख विद्यार्थी प्रभावित हुने बताइएको छ। 

संविधा बमोजिम प्रदेशमा आवाश्यक पर्ने कर्मचारी प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने गरि काम गर्ने संवैधानिक व्यबस्था भएपनि अहिलेसम्म प्रदेश लोक सेवा आयोग स्थापना हुन नसक्दा समस्या बढ्दै गएको छ । अहिले केन्द्रीय लोकसेवा आयोगले नै देशभर आवाश्यक पर्ने निजामती कर्मचारीको पदपूर्ति गर्दै आएको छ । 

यसअघि सरकारले चाडै प्रदेश लोकसेवा आयोग स्थापन गर्ने र प्रदेशलाई आवाश्यक पर्ने कर्मचारी उतैबाट पदपूर्ति गर्ने गरि काम गर्ने बताएको थियो । त्यसका लागि एकवर्ष कुनै पनि पदमा नयाँ नलिनका लागि लोकसेवालाई आग्रह गर्ने भनिएका थियो । तर, आयोगका पदाधिकारीले त्यसो गर्दा धेरै नयाँ जनशक्ति विदेश पलायन हुँने भन्दै नयाँ भर्ना प्रक्रिया नरोक्न आग्रह गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।