शनिबार, वैशाख १५, २०८१

थारु परम्परा र संस्कृति जोगाउन होमस्टे सञ्चालनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- थारु परम्परा र संस्कृति जोगाउन कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित छटकपुर बसन्ता गाउँमा ‘बसन्ता कोरीडोर थारु होमस्टे’ स्थापना भएको छ।
 
ग्रामीण क्षेत्रमा पर्यटन विकास र अन्तराष्ट्रिय महत्वको बसन्ता जैविकमार्गको संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको हो । करिब साढे दुई सय परिवार बसोबास रहेको सो गाउँका २५ घरबाट होमस्टे आरम्भ गरिएको हो। होमस्टे संञ्चालनबाट लोप हुने अवस्थामा पुगेको थारु कला र संस्कृतिको संरक्षणसँगै आय आर्जन हुने अपेक्षा स्थानीयले गरेका छन्।

बसन्ता कोरीडोर थारु होमस्टे गाउँ कैलालीको सदरमुकाम धनगढीबाट करिब ४० किलोमिटरको दूरीमा पर्दछ । निर्माणाधिन अवस्थामा रहेको हुलाकी राजमार्ग संगै जोडिएको बसन्ता कोरीडोर थारु होमस्टमा ९५ प्रतिशत थारु समुदायको बसोबास रहेको छ। अन्तर्राष्ट्रिय महत्वको बसन्ता जैविकमार्गको संरक्षण गर्ने उद्देश्यले सञ्चालनमा आएको हामस्टेले थारु समुदायमा लोप हुने अवस्थामा रहेको कला संस्कृतिको संरक्षण हुने अपेक्षा लिएको गाउँका अगुवा लिखराम चौधरीले जानकारी दिए।

स्थानीय कला संस्कृतिको संरक्षण तथा पर्यटनका माध्यम बाट समुदायको आर्थिक अवस्थामा सुधार ल्याउँने उदेश्यले पछिल्लो समय कैलालीमा होमस्टे गाउँको संख्या बढ्दै गएको छ। बसन्ता कोरीडोर थारु होमस्टेको कैलारी गाउँपालिकाबाट प्रदेश सांसदमा निर्वाचति बनेका प्रदेश सांसद् वीरमान चौधरीले बसन्ता कोरीडोर थारु होमस्टेको उद्घाटन गरे। सो अवसरमा उनले बसन्ता कोरीडोर अन्तराष्ट्रिय रुपमा परिचित क्षेत्र रहेकाले होमस्टे आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने बताए। 

बसन्ता कोरीडोर होमस्टे प्राकृतिक र साँस्कृतिक सम्पदाले महत्वपूर्ण रहेका कारण अनुसन्धानकर्ताको लागि पनि उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ। कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकाले ग्रामीण क्षेत्रमा पर्यटन विकासका लागि नीतिगत व्यवस्था गरेकाले होमस्टेको विकासका पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। बसन्ता कोरीडोर थारु होमस्टे सम्मको सडक मार्ग सुधारका लागि गाउँपालिकाबाट सक्दो सहयोग रहने जानकारी दिए।

बसन्ता कोरीडोर थारु होमस्टेमा बसन्ता जैविकमार्ग, तालतलैयाको अवलोकन तथा परम्परागत थारु खानपानको व्यवस्था रहेको होमस्टे सञ्चालकले दावी गरेका छन्। कैलाली जिल्लामा पछिल्लो समय होमस्टे खुल्ने क्रम बढेपनि तीनको व्यवस्थापन प्रभाबकारी नहुदाँ सोचे जस्तो सफलता मिल्न सकेको छैन्।

कैलालीमा सवै भन्दा पहिले २०६६ लालमा धनगढी उपहहानगरपालिको वडा नम्बर १६ भादामा पहिलो होमस्टे संञ्चालनमा आएको थियो। तर सडक पुर्वाधारको अभाब, प्रचार प्रसारको कमी र सरकारी उदासिनताका कारण होमस्टे खुल्ने क्रम बढेपनि दिगो नहुने प्ररम्परा बढ्दो छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।