शुक्रबार, वैशाख १४, २०८१

कर्णाली प्रदेशसभा बैठक आजदेखि आफ्नै भवनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- कर्णाली प्रदेश सभाको बैठक आज मंगलबारदेखि आफ्नै भवनमा बस्ने भएको छ । लामो समयदेखि सिँचाइ डिभिजन कार्यालयको सभाहलमा बस्दै आएको बैठक आजदेखि आफ्नै भवनमा बस्ने लागेको निमित्त संसद सचिव दिनेश भट्टले जानकारी दिए । 

करिव दुई महिनापछि बस्न लागेको बैठक आज दिउसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा यसअघिनै छलफल भैसकेको ‘गाउँसभा र नगरसभा सञ्चालन गर्न बनेको विधेयक २०७५’ पारित गर्ने कार्य सूचि रहेको छ ।

सरकारले विजनेस नदिएको भन्दै लामो साउन २५ गतेदेखि संसद बैठक स्थगित भएको थियो । तर कर्णाली प्रदेश सरकारले दुई वटा विधेयक तयार गरी संसद सचिवालयमा दर्ता गराएको छ । 

संसद सचिवालयमा दर्ता भएका ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक’ र ‘प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी विधेयक’ टेबुल हुन बाँकी छ ।

यसअघि नै संसदमा टेबल भइसकेका पाँच वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा छन् । विषयगत समितिहरूले गरेको ढिलाइका कारण पनि संसदले पर्याप्त ‘विजनेश’ पाउन सकेको छैन । प्रदेश सभाको ‘मिनी संसद’ मानिने विषयगत समितिले नै प्रभावकारी काम गर्न सकेका छैनन् । समितिहरू सक्रिय नहुँदा प्रदेशसभाबाट आएका विधेयकहरूमाथिको प्रतिवेदनसमेत बुझाउन सकेका छैनन् ।

यसअघि कर्णाली प्रदेश सभाबाट परित १२ वटा ऐन प्रमाणीकरण भएका छन् । प्रदेशसभाबाट पारित भएका ती ऐन प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रमाणीकरण गरेका छन् । कर्णाली प्रदेश सभा सचिवालयका अनुसार आर्थिक कार्यविधि विधेयक २०७४, आर्थिक वर्ष २०७४/०७५ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएका छन् । 

यस्तै, प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वित्तीय हस्तान्तरण व्यवस्थापन सम्बन्धी विधेयक, कर तथा गैरकर राजश्व लगाउन र उठाउने सम्बन्धी विधेयक, सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, कर्णाली प्रदेश ऋण उठाउने अधिकार व्यवस्था गर्न बनेको विधेयक, गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी तर्जुमा गर्न बनेको विधेयक प्रमाणित भएका छन् । 

यस्तै, प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ । तर, प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन भने बाँकी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।