शनिबार, वैशाख १५, २०८१

नेपालको लगातार चौथो जित : भुटान ११७ रनले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले लगातार आफ्नो चौथो खेलमा जित निकालेको छ । आफ्नो चौथो खेलमा भुटानलाई एक सय १७ रनले पराजित गर्दै लगातार जित निकालेको हो ।

नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाउदै मात्र ३३ रन बनाउन सक्यो । भुटानका लागि कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन् ।

नेपाली बलिङ सामु निरहि देखिएका भुटानी ब्याट्सम्यान मध्य टेन्जिङ वाङचुङले सर्वाधिक ११ रान जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन । त्यस्तै संजिवन गुरुङले ६ रन जोड्दा रन्जुङ मिक्यो दोर्जीले ५ र रमेस लिम्बुले ४ रन जोडे ।

नेपालका लागि सन्दिप लामिछाने र ललित राजवंशीले समान तीन तीन विकेट लिए । त्यस्तै बसन्त रेग्मीले दुई तथा दिपेन्द्र सिंह ऐर र शरद भेषवाकरले समान एक एक विकेट लिएका थिए । 

राजवंशीले चार ओभरमा दुई मेडिन राख्दै चार रन खर्चे र तीन विकेट लिएका थिए भने सन्दिपले समान चार ओभरमा नै दुई मेडिन राख्दै ६ रन खर्चे र तीन विकेट लिएका थिए । 

यसअघि नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५० रन जोडेको थियो । नेपालका लागि प्रदीप ऐरीको अर्धशतकिय पारि खेलेका थिए । उनले ६८ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतमा ७५ रन जोडे । 

नेपालका लागि अनिल कुमार साहले २७ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले १५ र आरिफ सेखले १३ रन जोडे । त्यस्तै करन केसी ११ रनका अविजित रहे । भुटानका लागि थिन्ले जम्टसो, संजिवन गुरुङ, जिग्मे सिंग्य र रमेस लिम्बुले समान एक एक विकेट लिएका थिए । छनोटमा नेपाल ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।