शुक्रबार, वैशाख १४, २०८१

मिस फारवेष्टको उपाधि मोनिका गुरुङलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- मिस फारवेष्ट–२०१८को उपाधि धनगढी कि मोनिका गुरुङले जितेकी छिन् । शनिवार राती भएको फाईलन प्रतिष्प्रधामा २६ प्रतिष्प्रधिलाई पन्छाउदै गुरुङले मिस फारवेष्टको ताज पहिरिएकी हुन् ।

यो सँगै उनले स्कुट पुरस्कार पाएकी छिन् । पूर्व मिस नेपाल सुगारीका केसीले गुरुङलाई ताज पहिराइदिएकी हुन् । २३ वर्षीय गुरुङ नेपाल सरकारको स्थायी जागिरे हुन् । उनी सव् इन्जिनिएर पदमा सिचाई डिभिजनमा कार्यरत छिन् ।

केसी पाँच सदस्यिय निर्णायक टोकीको संयोजक थिईन् । करिव एक महिनाको बन्द प्रशिक्षणबाट अन्तिम १५ हुदै अन्तिम ७ सम्म छनौट गरिएको थियो ।

अन्तिम ७ लाई केसीले तीन मिनेटको समय दिदैँ नेपालमा बढ्दो बलात्कार, हत्या, मानववेचविखन जस्ता समस्या समाधानका लागि आफूले गर्न सक्ने भूमिकाका बारेमा लेख्न भनेकी थिईन् । सोही आधारमा बिजेता छनौट गरिएको थियो । 

प्रतियोगितमा अंकिता ज्ञावाला फस्ट रनरफ तथा दिव्या गैरे सेकेन्ड रनरफ भएकी छिन् । फस्टरनरपले ताजसँगै नगद ५० हजार तथा सेकेन्डरनरपले नगद २५ हजार जितेकी छिन् ।

कार्यक्रमका प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाका उपमेयर शुशिला भट्टले प्रतियोगिताबाट सुदूरुपश्चिममा पनि निकै ट्यालेन्ट युवतीहरु रहेको पुष्टि भएको बताईन् । धनगढी उपमहानगरपालिकाले सामाजिक अभियानहरुमा त्यस्ता ट्यालेन्टहरुको क्षमाताको सदुपयोग गर्ने पनि बताईन् । 

रोयल कोलाबरेशन नेपालको आयोजनामा भएको प्रतियोगिताका लागि  भदौ ७ गतेदेखि १० गतेसम्म कैलालीको टीकापुर, अत्तरिया, धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा अडिसन सञ्चालन गरिएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्