काठमाडौं- मलेसियामा जारी टी-२० विश्वकप छनोटमा नेपालले आज (आइतबार) आफ्नो तेस्रो खेल कमजोर टोली थाइल्यान्डसँग खेल्दै छ । खेल मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो १२:१५ बजे सुरु हुने ।
छनोटमा अहिले सम्म अपराजित रहेको नेपाल थाइल्यान्डलाई पराजित गर्दै लगातार तेस्रो जित निकाल्ने दाउँमा हुने छ भने यता थाइल्यान्ड जितको खोजिमा हुनेछ ।
थाइल्यान्ड र नेपाल १९९८ मा एसीसी ट्रफी खेल्न आमने सामने भएका थिए । तर उक्त खेल बर्षाको कारण रद्ध भएको थियो । त्यस यता यी दुई टोली पहिलो पटक भिड्न आमने सामने हुदै छन् ।
पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पाखा लगाएको नेपालले दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेटले नै पराजित गर्दै छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४