शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘चिनीको मूल्य तोक्न प्रधानमन्त्रीलार्इ फाइल पठाएका छौं’

‘चिनीको मूल्य तोक्न प्रधानमन्त्रीलार्इ फाइल पठाएका छौं’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले चिनीको मूल्य तोक्न प्रधानमन्त्रीलाई फाइल पठाएको बताएका छन् । 

मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलनकाे अायाेजना गरी मन्त्री यादवले समितिले दिएको निर्देशन बमोजिम चिनीको मूल्य राख्न नसकिने बताए । 

सार्वजिनक लेखा समितिले चिनी उद्याेगी व्यवसायी र सरकारबची भएकाे सम्झौताअनुसार चिनीको मूल्य ६३ रुपैयाँ प्रतिकेजी बनाउन मन्त्रालयलार्इ बिहीबार निर्देशन दिएको  हाे । उक्त र्देशनलाई मन्त्रालयले कार्यान्वयन गर्न नसक्ने भन्दै मन्त्री यादवले भने, ‘समितिले भनेजस्तो हामी निर्देशन कार्यान्वयन गर्न सक्ने अवस्थामा छैनौं । साे सम्बन्धी फाइल  प्रधानमन्त्री कहाँ पठाएका छौं । प्रधानमन्त्रीले गर्ने निर्णयका आधारमा मन्त्रालयले काम गर्छ ।’

चिनीको मूल्य तय गर्ने विषयमा एक अर्ब ६९ करोडको चलखेल भएको आरोप मन्त्रालयलाई लागेको भन्दै मन्त्री यादवले यदी त्यो पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको पनि बताए । चिनीको मूल्य तोक्ने विषयमा व्यवसायीसँग कुनै सम्झौता नगरेको पनि उनले बताए । 

उपभोक्ताको अधिकार रक्षाका लागि मन्त्रालयले अनुगमन गरिरहेपनि पर्याप्त अनुगमन गर्न नसक्दा समस्या समाधान नभएको स्वीकार गर्दै उनले न्युन जनशक्ती तथा प्राविधिक कठिनाईका कारण केही कम काम भएपनि सकेसम्म राम्रो कामका लागि प्रयासरत रहेको दाबी गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।