शनिबार, वैशाख १५, २०८१

९ प्रतिशत ब्याजमा गाडी कर्जा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- दशैंमा राष्ट्रिय वाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा गाडी कर्जा (अटो लोन) दिने योजना सार्वजनिक गरेको छ। शुभ कार योजनाअन्तर्गत सो योजना सार्वजनिक गरेको बताइएको छ।

वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम मूल्यको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने नियमअनुसार योजना ल्याएको हो। सार्वजनिक गरिएको कर्जाको अवधि ७ वर्षको हुने बैंकको भनाइ छ।

बैंकले निवेदन दिएको सात दिनभित्र कर्जा प्रबाह गरिसक्ने बताइएको छ। जसमा बैंकले ९ देखि ९.५ प्रतिशतसम्म ब्याजदर रहने जानकारी गराएको छ।

मुख्य गरी दशैं तथा तिहारलाई लक्षित गरी ल्याइएको उक्त योजना कात्तिक मसान्तसम्म मात्र लागु बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्