शुक्रबार, वैशाख १४, २०८१

गुटको गणितमा फेरि अल्झियो कांग्रेस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कांग्रेसभित्र गुटको गणित मिलाउने चक्करमा संगठन सुधार तथा विस्तारका नियमित कामहरू समेत अवरुद्ध हुन थालेका छन्। पार्टी बैठकदेखि विभाग गठन तथा भातृसंस्थाको महाधिवेशनमा समेत गुटगत गणितको छाया हावी हुन थालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई कमजोर भएको देखाउन असन्तुष्ट पक्षले असहयोग गर्दा पार्टीले गति लिन नसकेको संस्थापन पक्षका नेताहरूले गुनासो गरेका छन्। असन्तुष्ट पक्षका नेताहरूले भने सभापति देउवाले पार्टीलाई बन्धक बनाएको र संगठन शिथिल हुँदै गएको आरोप लगाइरहेका छन्। 
 
आगामी मंसिर पहिलो साता हुने पार्टीको महासमिति बैठकको मिति नजिकिँदै गर्दा पार्टीमा संस्थापन र असन्तुष्ट पक्षबीच असमझदारी बढ्दै गएको छ। यसले पार्टी सुधारको गतिसमेत अवरुद्ध भएको छ। पछिल्लो समय नेपाल विद्यार्थी संघको महाधिवेशनलाई लिएर पार्टी शीर्ष नेताहरुबीच तनावको पारो उकालो लागेको छ।  पार्टीले नेविसंघको महाधिवेशनका लागि सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गठन गरिएको संयन्त्रले सहमति जुटाउन नसक्दा नेविसंघको विवाद पार्टी नेतृत्वसमक्ष पुगेको छ। पार्टीको सबैभन्दा प्रभावशाली भातृ संस्था नेविसंघको महाधिवेशन १६-१८ कात्तिकका लागि तोकिएको थियो।

सहमति जुट्न नसक्दा निर्धारित समयमा अब नेविसंघको महाधिवेशन हुने अवस्था नरहेको सहमहामन्त्री महतले नेपाल समयलाई बताए। महाधिवेशनका लागि माध्यमिक विद्यालय र क्याम्पस अधिवेशन सम्पन्न भएपछि पार्टी केन्द्रीय कार्यालयले विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको विद्यार्थी संगठनबाट आएका विद्यार्थीलाई समेत समेटेर अधिवेशन गर्न भनेपछि नेविसंघको महाधिवेशन अन्योलमा परेको हो।
 
नेविसंघ महाधिवेशनको संघारमा गच्छदार नेतृत्वको तत्कालीन पार्टीको विद्यार्थी संगठनलाई समेट्न निर्देशन दिएर महाधिवेशन नगर्ने षडयन्त्र रचेको महामन्त्री कुन्दनराज काफ्लेले बताए। 

नेविसंघको महाधिवेशन रोकिएको विषयलाई लिएर संस्थापनइतरका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा शेखर कोइरालाले पार्टी नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरिसकेका छन्। 

महाधिवेशन गर्न सहमतिमा अघि बढ्ने विषयमा छलफलमा बोलाउँदासमेत पौडेल र सिटौला पक्षबाट संयन्त्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेल अनुपस्थित भएपछि नेविसंघ महाधिवेशन अनिश्चित भएको हो। 

‘नेविसंघमा देखिएको समस्यालाई निकास दिनु पर्यो भनेर संयन्त्रको बैठक तीन पटकसम्म बोलाउँदासमेत उहाँहरू आउनु भएन,’ सहमहामन्त्री महतले नेपाल समयसँग भने ‘सबैको सहमतिमा महाधिवेशनको तयारी गरौंभन्दा सहयोग पाइएन्’ यस्तो अवस्थामा केन्द्रीय कार्यसमिति बैठक बोलाएर पनि नेविसंघको विधान अनुमोदनमा समस्या देखिएको 

उनले बताए। पौडेल र सिटौला पक्षधर नेताहरूले भने नेविसंघ महाधिवेशन गर्न नदिन संस्थापन पक्षले गच्छदार निकटका विद्यार्थीलाई समेट्न अड्को थापेको बताउँदै आएका छन्। उनीहरूले मंगलबार मात्रै गोप्य भेलासमेत गरेका थिए। 

पार्टीलाई संघीय संरचनामा लैजान विधानमा गर्न लागिएको संशोधनको विषय, अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति गठन तथा ११ महिनाअघि कांग्रेसमा अन्य पार्टीबाट आएका नेताहरूलाई समायोजनको विषयले निकास नपाउँदा असन्तुष्टी बढ्दै गएको हो।

दशैंअघि नेविसंघको विधान अनुमोदन गर्न, अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि केन्द्रीय कार्यसमिति बैठक हुने संस्थापन पक्षका केन्द्रीय सदस्य मीन विश्वकर्माले जनाए। पार्टी नेतृत्वलाई सहयोग गर्दै सहमतिबाटै सबै समस्याले निकासा पाउने उनले विश्वास व्यक्त गरे।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले संकलन गरेको सुझावलाई समेत समेटेर तयार गरिएको मस्यौदालाई केन्द्रीय कार्यसमितिमा छलफलका लागि लैजानु पर्छ। तर, शीर्ष नेताहरूबीचको किचलो र असन्तुष्टीले बाधा गर्ने देखिन्छ। 

पार्टीको सामुन्ने नेविसंघ महाधिवेशनमा देखिएको विवाद, गच्छदार नेतृत्वको पार्टीबाट आएका कार्यकर्ताको व्यवस्थापन र जिम्मेवारी तथा अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति गठनको चुनौती देखिए पनि चाँडै समाधान हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शीर्ष नेताहरूबीचको सहमतिबाटै पार्टीले सम्पादन गर्ने सबै काम चाँडै हुने उनले विश्वास व्यक्त गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।