शुक्रबार, कात्तिक २९, २०७६

विचित्र दुनिया

समलिंगी प्रधानमन्त्रीकी प्रेमिका सुत्केरी

सर्बियाकी प्रधानमन्त्री एना ब्रनाबिकी प्रेमिका मिलिका जोर्डकले बच्चा जन्माएकी छन्। उनले छोरा जन्माएको र नाम इगोर राखिएको बताइएको छ ।

समलिंगी प्रधानमन्त्रीकी प्रेमिका सुत्केरी
सर्बिया – सर्बियाकी प्रधानमन्त्री एना ब्रनाबिकी प्रेमिका मिलिका जोर्डकले बच्चा जन्माएकी छन्। उनले छोरा जन्माएको र नाम इगोर राखिएको बताइएको छ ।

४३ वर्षकी एना समलिंगी हुन्। एना २०१७ को जुनमो सर्बियाको पहिलो महिला तथा समलिंगी प्रधानमन्त्री बनेकी थिइन्। आमा र शिशुको स्वास्थ्य राम्रो रहेको अन्तर्राष्ट्रिय सञ्चार उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरेर शिशु जन्मिएको पुष्टि गरेको छ। 

पेशाले डाक्टर रहेकी एनाकी प्रेमिका मिलिका कृत्रिम गर्भाधान प्रविधि मार्फत गर्भवती भएकी हुन्। देशको कानुनमा विवाह महिला र पुरुषबिच मात्रै हुने उल्लेख गरिएको छ।

समलिंगी विवाहले कानुनी मान्यता नपाएको देश सर्बियाको प्रधानमन्त्रीमा एना निर्वाचित हुनुलाई आश्चर्यको रुपमा लिइएको थियो।

विश्वको इतिहासमा देशको प्रधानमन्त्री वा राष्ट्रपति पदमा रहेका बेला कुनै पनि समलैंगिक नेताको पार्टनरले सन्तान जन्माएको यो पहिलो पटक हो।
प्रतिक्रिया दिनुहोस्