आईतबार, मंसिर १, २०७६

समाचार

प्रकान्डका छोराको रिहाईको माग गर्दै इटहरीमा प्रदर्शन

बिहीवार पक्राउ परेका नेत्र बिक्रम चन्द  (विप्लव) नेतृत्वको नेकपाका  प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकान्ड)का छोरा नरेन्द्र विश्वकर्माको रिहाईको लागि इटहरीमा र्‍याली निकालिएको छ। 

प्रकान्डका छोराको रिहाईको माग गर्दै इटहरीमा प्रदर्शन
इटहरी- बिहीवार पक्राउ परेका नेत्र बिक्रम चन्द  (विप्लव) नेतृत्वको नेकपाका  प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकान्ड)का छोरा नरेन्द्र विश्वकर्माको रिहाईको लागि इटहरीमा र्‍याली निकालिएको छ। 

विप्लव नेतृत्वको नेकपाको बिध्यार्थी संगठन अखिल (क्रान्तीकारी) सुनसरीको आयोजनामा र्याली आयोजना भएको थियो । क्रान्तीकारीका केन्द्रिय कोसाधक्ष समेत रहेका नरेन्द्रको तत्काल रिहाई हुनुपर्ने र दमन बन्द हुनुपर्ने भन्दै र्‍यालीमा नाराबाजी भएको थियो  इटहरीको जनता स्कुल बाट सुरु भएको र्‍यालीले नगर परिक्रमा गरेको थियो । 

र्‍यालीमा सहभागी कपिल लिम्बुले सरकारले गोलि भेट्टाएको बाहानामा नरेन्द्रलाई फसाएको भन्दै राज्य दमन बन्द हुनुपर्ने बताए ।

पक्रान्ड पुत्र नरेन्द्र बिहिबार साझ ६ बजे विराटनगर विमानस्थलबाट पक्राउ परेका थिए। उनको साथ बाट नाइन एमएम पेस्तोलमा लाग्ने ३ गोलि फेला पारेको मोरङ प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्