बुधबार, कात्तिक २७, २०७६

समाचार

'ओली सरकार टिक्दैन'

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्षसम्म नटिक्ने दाबी गरेका छन् । उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको बताउँदै बहुमत प्राप्त सरकार भएपनि पाँच वर्षसम्म नचल्ने बताए ।

'ओली सरकार टिक्दैन'
जनकपुरधाम- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्षसम्म नटिक्ने दाबी गरेका छन् । उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको बताउँदै बहुमत प्राप्त सरकार भएपनि पाँच वर्षसम्म नचल्ने बताए ।

नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा खाँणले भने, 'पदार्थ निर्माण भइसके पछि भत्किने क्रम सुरु हुन्छ । एमाले र माओवादी एकीकरण भयो, अब टुक्रा हुन्छ ।' अन्य कुनै कारणले नभई दुई कम्युनिष्ट पार्टीकै कारण सरकारले नटिक्ने उनको विश्लेषण छ ।

फरक मत र सिद्धान्त बोकेकाहरुसँग सहिष्णु हुन नसक्नु ठूलो समस्या रहेको बताए । दुई तिहाईको दम्भ देखाएर सरकार तानाशाही शैलीमा अगाडी बढी भन्दै उनले सरकारको निरंकुश व्यवहार काँग्रेसलाई सह्य नहुने बताए ।

राणा र राजाको निरंकुशता समेत नेपाली जनताको सामुन्ने ध्वस्त भएको स्मरण गराउँदै नेता खाँढले फेरि उस्तै व्यवाहार दोहरिए चुप लागेर नबस्ने चेतावनी दिए ।

 
प्रतिक्रिया दिनुहोस्