सोमबार, फागुन ५, २०७६

z
समाचार

नेपाल समयका अंकुरलाई पितृशोक

नेपाल समय मिडिया प्रालिद्वारा सञ्चालित नेपाल समय डटकमका डिजाइनर तथा डेभलपर गोल्डेनमड क्रिएसनका प्रबन्ध निर्देशक अंकुर घिमिरेलाई पितृशोक परेको छ । घिमिरेका पिता ४४ वर्षिय श्यामशंकर घिमिरेको आइतबार निधन भएको हो ।

नेपाल समयका अंकुरलाई पितृशोक
काठमाडौं- नेपाल समय मिडिया प्रालिद्वारा सञ्चालित नेपाल समय डटकमका डिजाइनर तथा डेभलपर गोल्डेनमड क्रिएसनका प्रबन्ध निर्देशक अंकुर घिमिरेलाई पितृशोक परेको छ ।

घिमिरेका पिता ४४ वर्षिय श्यामशंकर घिमिरेको आइतबार निधन भएको हो ।

मिर्गौलामा समस्या देखिएपछि उपचारत घिमिरेको आइतबार निधन भएको परिवारले जानकारी दिएको छ ।

घिमिरेको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

घिमिरेका श्रीमती र एक छोरा छन् ।  घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल समय परिवारले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल घिमिरे परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्