बुधबार, कात्तिक २७, २०७६

खेलकुद

विश्वकप : उरुग्वे र इजिप्ट को कति बलियो ? 

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार हुने पहिलो खेलमा इजिप्ट र उरुग्वे भिड्दैछन् । पौने ६ बजे हुने पहिलो खेलमा भिड्न लागेका यी दुबै देश निकै लयमा देखिएका छन् । उरुग्वेले १३ औं पटक विश्वकप खेल्न लागेको हाे भने इजिप्ट

विश्वकप : उरुग्वे र इजिप्ट को कति बलियो ? 
विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार हुने पहिलो खेलमा इजिप्ट र उरुग्वे भिड्दैछन् ।

पौने ६ बजे हुने पहिलो खेलमा भिड्न लागेका यी दुबै देश निकै लयमा देखिएका छन् । उरुग्वेले १३ औं पटक विश्वकप खेल्न लागेको हाे भने इजिप्ट तेस्रो पटक विश्वकपमा भाग लिन लागेकाे हाे । 

उरुग्वेका लागि इडिसन काभनी, लुइस स्वारेजलगायतका खेलाडी बलियो खम्बा मानिएका छन् भने इजिप्ट मोहमद इल्नेनी,मोहम्मद सलाहलगायतको खेलाडीको भरमा छ । यी दुई देशबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । 

उरुग्वे

१३ औं पटक विश्वकप फुटबल प्रतियोगितामा सहभागि हुँदै गरेको उरुग्वेलाई बलियो टोली मानिन्छ । सन् १९३० मा पहिलो पटक विश्वकपको आयोजना गरेको उरुग्वे नै विश्वकपको ट्रफि उचाल्ने पहिलो राष्ट्र हो । उसले अहिलेसम्म दुई पटक विश्वकको उपाधी चुमेको छ । 

पहिलो विश्वकपको उपाधि सन् १९३० मा अर्जेन्टिनालाई ४-२ गोलअन्तरले पराजित गर्दै उसले जितेको थियो । यस्तै दोस्रो विश्व युद्धपछि पुनः १९५० मा ब्राजिलमा भएको चौथो विश्वकपको उपाधि उरुग्वेले चुमेको छ । आयोजक ब्राजिललाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको ट्रफि चुमेको हो ।

त्यसपछि सन् १९५४, १९७० र २०१० मा उरुग्वे सेमिफाइनल पुग्दै चौथो भएको छ भने १९६६ मा क्वारफाइनलसम्मको यात्रा उरुग्वेले गरेको छ । सन् १९८६, १९९० र २०१४ मा अन्तिम १६ मा पुग्न सकेपनि सन् १९६२, १९७४ र २००२ को विश्वकपमा भने उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो । उरुग्वे अहिले निकै लयमा रहेको छ ।

विश्वकपका लागि उरुग्वे टिम

गोलरक्षकः  मार्टिन क्याम्पाना, फर्नान्डो मुस्लेरा, मार्टिन सिल्भा

डिफेन्डरः मार्टिन कासिरेस, सेबास्टिएन कोएटेस, जोसे मारिया गिमिनेज, डिएगो गोडिन, म्याक्सिमिलिएनो परेइरा, ग्यासटन सिल्भा, गुइलेर्मो भारेला रहेका छन् ।

मिडफिल्डरः जियोर्जियन डी एर्रास्काएटा, रोड्रिगो बेनटान्कुर, डिएगो लाक्साल्ट, नाथिटन नान्डेज, क्रिष्टियन रोड्रिगुएज, कार्लोस सान्चेज, लुकास टोरेइरा, माटिएस वेकिनो, जोनथान उरेटाविस्काया

फरवार्डः इडिसन काभनी, म्याक्सिमिलिएनो गोमेज, लुइस स्वारेज, क्रिस्थिएन स्टुएनी

इजिप्ट

निकै लयमा देखिएको इजिप्टको विश्वकपमा यो तेस्रो सहभागिता हो । इजिप्टले सन् १९३४ मा इटालीमा भएको विश्वकपबाट सहभागिता जनाउन थालेको हो । उसको दोस्रो सहभागीता भने ५६ वर्षपछि सन् १९९० मा मात्रै भयो । 

पहिलो सहभागितमा हंगेरीसँग ४-२ गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको इजिप्ट दोस्रो पटक पनि समुह चरण नै पार गर्न नसकी घर फर्किएको थियो ।
 
तेस्रो सहभागितामा भने इजिप्ट लयमा देखिएको छ । यसपटक कम्तिमा क्वाटरफाइनलसम्मको यात्रा तय गर्ने उसको तयारी छ । रसिया विश्वकपमा उसले उरुग्वेविरुद्ध मैदानमा उत्रिदै आफ्नो खेल सुरु गर्नेछ । 

विश्वकपका लागि इजिप्ट टिम

गोलरक्षकः इशेम अल हदीरी, मोहम्मद इल शनिवा, शेरिफ एक्रामी

डिफेन्डरः अहमद फाथी, साद समीर, ऐम्यान अश्रफ, महमुद हम्डी, मोहमद शाफी,

अहमत हिगाजी, अलि जबर, अहमद एल्मोहामेडी, उमर गैबर

मिडफिल्डरः टरेक हमेद, अब्दल्लाह एल शैद, सम मोर्सी, मोहम्मद एल्नेनी, रमदान सोभी, महमोद हसन

फरवार्डः मोहम्मद सलाह, मारवान मोहशेन, मोहमौद शिकबाला, अमर वार्दा, मोहमौद खह्रबा
प्रतिक्रिया दिनुहोस्