बुधबार, कात्तिक २७, २०७६

खेलकुद

विश्वकप फुटबलमा कसले कति पाउँछन् पुरस्कार ?

रुसमा सुरु हुन लागेको २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितमा ४० करोड अमेरिकी डलरको पुरस्कार वितरण गरिने भएको छ । प्रतियोगितामा सहभागी भएका टिमदेखि विश्व च्याम्पियनसम्मलाई ...

विश्वकप फुटबलमा कसले कति पाउँछन् पुरस्कार ?
काठमाडाैं- रुसमा सुरु हुन लागेको २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितमा ४० करोड अमेरिकी डलरको पुरस्कार वितरण गरिने भएको छ ।

प्रतियोगितामा सहभागी भएका टिमदेखि विश्व च्याम्पियनसम्मलाई ४० करोड अमेरिकी डलरको पुरस्कार दिइने भएको हो । विश्वकप विजेताले ३ करोड ८० लाख डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) पुरस्कार पाउनेछ भने उपविजेताले २ करोड ८० लाख अमेरिकी डलर हात प्राप्त गर्नेछ । 

तेस्रो हुने टोलीले २ करोड ४० लाख र चौथो हुनेले २ करोड २० लाख अमेरिकी डलर पाउने फिफाले जनाएको छ । क्वार्टरफाइनल अर्थात् अन्तिम ८ मा पराजित हुने ४ टोली प्रत्येकले १ करोड ६० लाख डलर प्राप्त गर्नेछन् । 
अन्तिम १६ मा पराजित हुने ८ टोली प्रत्येकले १ करोड २० लाख र समूहगत चरणमै रोकिने प्रत्येक टोलीले ८०÷८० लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि तयारीका लागि पाउने रकमसमेत जोडिएको हुन्छ ।

ब्राजिलमा सन् २०१४ मा भएको २० औं संस्करणको प्रतियोगितामा भन्दा यसपटक करिब १२ प्रतिशतले पुरस्कार राशीमा वृद्धि गरिएको छ । 

अघिल्लो विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जे्न्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।
 
प्रतिक्रिया दिनुहोस्