शुक्रबार, मंसिर ६, २०७६

विदेश

सुरक्षा गार्डको पोशाक लगाएका एक नेपाली मलेसियामा मृत फेला

सुरक्षा गार्डको पोशाकमा रहेका एक नेपाली मलेसियामा मृत अवस्थामा फेला परेका छन् ।   मलेसियाको जलानमा झाडीभित्र उनको शव फेला परेको मलेसियन प्रहरीले जनाएको छ। जलानको ट्राफिक लाइट नजिकै उनको शव फेला परेपनि परिचय भने खुलेको छैन । मृतकको नाक, कानबाट रगत बगेको छ भने देब्रे हातको चोरी औलामा चोट लागेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ । 

सुरक्षा गार्डको पोशाक लगाएका एक नेपाली मलेसियामा मृत फेला
जलान-सुरक्षा गार्डको पोशाकमा रहेका एक नेपाली मलेसियामा मृत अवस्थामा फेला परेका छन् ।   मलेसियाको जलानमा झाडीभित्र उनको शव फेला परेको मलेसियन प्रहरीले जनाएको छ।

जलानको ट्राफिक लाइट नजिकै उनको शव फेला परेपनि परिचय भने खुलेको छैन । मृतकको नाक, कानबाट रगत बगेको छ भने देब्रे हातको चोरी औलामा चोट लागेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ । 

हत्या कसले र किन गरेको भन्ने कुनै कारण नखुलेको र मृतकको शनाखतको प्रयास जारी राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्