बुधबार, कात्तिक २७, २०७६

खेलकुद

विश्वकप ‘ट्रफी’ सम्बन्धी पाँच रोचक प्रसंग

विश्वकपमा सबैको ध्यान कुन देशले ‘गोल्डन ट्रफी’ लैजान्छ भन्नेमा विशेष केन्द्रित हुन्छ । विश्वकपको ट्रफी दुई पटक परिर्वतन भएको छ । पहिलो सन् १९३० देखि १९७० सम्म जुल्स रिमेट ट्रफी र दास्रो पटक फिफा विश्वकप ट्रफी १९७० देखि हाल सम्म परिवर्तन गरिएको छ । 

विश्वकप ‘ट्रफी’ सम्बन्धी पाँच रोचक प्रसंग
काठमाडौं- विश्वकपमा सबैको ध्यान कुन देशले ‘गोल्डन ट्रफी’ लैजान्छ भन्नेमा विशेष केन्द्रित हुन्छ । विश्वकपको ट्रफी दुई पटक परिर्वतन भएको छ । पहिलो सन् १९३० देखि १९७० सम्म जुल्स रिमेट ट्रफी र दास्रो पटक फिफा विश्वकप ट्रफी १९७० देखि हाल सम्म परिवर्तन गरिएको छ । 

रोचक प्रसंग 

१) दोस्रो विश्व युद्धको समयमा, ट्रफी इटालीसँग थियो । त्यस समयमा, हिटलर र नाजीहरुबाट उक्त ट्रफी बचाउन  फिफाका भाइस प्रेसिडेन्ट इटालीयन ओटिरिनो ब्रारिसिस र प्रेसिडेन्टले गोप्य रूपमा जुत्ता राख्ने बाकसमा राखी रोमको नदीबाट ल्याएका थिए ।

२) सन् १९५८ मा, स्वीडेनमा भएको विश्वकपमा ब्राजिल विजेता भएको थियो । त्यस बेलाका ब्राजिलियन क्याप्टेन हिल्डेराल्डो बेलिनीले  फोटोग्राफरको अनुरोधमा ट्रफीलाई हावामा उचालेको थिए । त्यस समयदेखि ट्रफी उचाल्ने परम्पराजस्तै बन्दै आएको छ । 

३) सन् १९९६ मार्च २० मा, इङल्याण्डमा विश्वकपको ४ महिना अघि ट्रफी सर्वसाधरण माझमा देखाइएको थियो । त्यसपछि उक्त ट्रफी हरायो । हराएको ७ दिनपछि  ट्रफी पत्रिकाले छोपेर राखेको अवस्थामा दक्षिण लन्डनको उपर नोरवुडमा पिकेल्स नामक कुकुरले भेटाएको थियो । 

४) सन् १९९६ पछिका विश्वकप सिरिजहरुमा ट्रफीको नक्कल बनाइ सर्वसाधारणलाई देखाइने गरियो र सक्क्ली ट्रफी फिफाको कार्यलयमै राखिन थालियो । तर, फिफाले उक्त कदमलाई कायम नगर्न घोषणा गरे पछि सन् १९९७ मा लिलामीमा राखियो । २५४ हजार ५ सय युरो लागको लिलामीमा दश गुणा बढी भएको थियो ।
 
५) सन्  १९८३  डिसेम्बर १९ मा ट्रफी दोस्रो पटक चोरी भयो । दास्रो पटक हराएको उक्त ट्रफी भने भेटिएन । त्यस ट्रफीलाई पगालेर बेचिएको विश्वास फिफाले गरेको छ । 
 
प्रतिक्रिया दिनुहोस्