मंगलबार, कात्तिक २६, २०७६

खेलकुद

पेले विश्वकपको उद्घाटनमा नजाने

ब्राजिलियन फुटबल हस्ती लेजेन्ड पेले जुन १४ को विश्वकप उद्घाटन समारोहमा उपस्थित नहुने भएका छन् । खराब स्वास्थ्यका कारण बिहीबार हुने उद्घाटनमा ...

पेले विश्वकपको उद्घाटनमा नजाने
एजेन्सी- ब्राजिलियन फुटबल हस्ती लेजेन्ड पेले जुन १४ को विश्वकप उद्घाटन समारोहमा उपस्थित नहुने भएका छन् । खराब स्वास्थ्यका कारण बिहीबार हुने उद्घाटनमा उनी नजाने भएका हुन्  । 

उनका प्रवक्ताले सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार उनको खुट्टामा समस्या देखिएको छ। यदि उक्त समस्या समाधान भएन भने उनी उद्घाटनमा उपस्थित हुनेछैनन्।

यसअघि २०१८ विश्वकपका सबैभन्दा विशिष्ट अतिथिका रुपमा बोलाइएकाले जुन १४ मै उनको भ्रमण निर्धारित गरिएको थियो । तर अन्तिम समयमा कमजोर स्वास्थ्यका कारण कार्यक्रम रद्द गराउनुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका हुन् ।

७८ वर्षीय पेलेले यसअघि नै खुट्टा र हड्डी सम्बन्धि विभिन्न शल्यक्रिया गराइसकेका छन् जसकारण पछिल्लो समय उनी सार्वजानिक स्थानमा अत्यन्तै कम देखा पर्ने गरेका हुन् । यसअघि भने उनले ब्राजिलको टिमप्रति चिन्ता व्यक्त गर्दै बयान दिएका थिए । 

७८ वर्षीया पेलेले ब्राजिललाई तीन विश्वकपको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले ट्रफि उचाल्दा पेले ब्राजिलको टिमका मुख्य खेलाडी थिए ।
 
प्रतिक्रिया दिनुहोस्