बुधबार, कात्तिक २७, २०७६

खेलकुद

कोस्टारिकामाथि बेल्जियमको सहज जित

विश्वकप फुटवलको तयारीमा रहेको बेल्जियमले अन्तिम वार्मअप खेलमा सानदार जित हात पारेको छ। सोमबार राति भएको खेलमा रोमेलु लुकाकुको दोहोरो गोलको मदतमा कोस्टारिकालाई ..

कोस्टारिकामाथि बेल्जियमको सहज जित
काठमाडौं- विश्वकप फुटवलको तयारीमा रहेको बेल्जियमले अन्तिम वार्मअप खेलमा सानदार जित हात पारेको छ। सोमबार राति भएको खेलमा रोमेलु लुकाकुको दोहोरो गोलको मदतमा कोस्टारिकालाई ४-१ गोल अन्तरले सहजै पराजित गरेको हो । 

 बेल्जियमको राजधानी ब्रसेल्सको घरेलु मैदानमा भएको खेलमा १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बेल्जियमले सहज जित निकाल्यो । ब्रायन लुइजले २४अौं मिनेटमा भली गर्दै कोस्टारिकालार्इ सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ६ मिनेट पछि बेल्जियमका ड्रइज मार्टिनले गोलपोष्ट नजिकैबाट गोल गर्दै खेलमा बराबरी गरे। 

लुकाकुले दुबै हाफमा एक एक गोल गरे। पहिलो हाफको ४२अौं मिनेटमा र खेलको ५०अौं मिनेटमा उनले गोल गरे। बेल्जियमका लागि अन्तिम गोल खेलको ६४अौं मिनेटमा मिकी बात्सुयीले गरे। 

विश्वकपमा समूह जी मा रहेको बेल्जियमले पहिलो खेल १८ जुनमा पानामासँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा २३ जुनमा ट्युनिसिया र २८ जुनमा इङल्याण्डको सामना गर्नेछ । कोस्टारिका भने समूह ई मा छ। यो समूहमा ब्राजिल, स्वीटजरल्याण्ड र सर्विया रहेका छन्।
प्रतिक्रिया दिनुहोस्