बुधबार, कात्तिक २७, २०७६

समाचार

अज्ञात समूहद्वारा पत्रकार बिष्टमाथि आक्रमण

धनगढीका पत्रकार लोकेन्द्र बिष्टमाथि अज्ञात समूहद्धारा कुटपिट भएको छ । कैलालीको धनगढी स्थित एसटिएस टेलिभिजनका समाचार प्रमुखसमेत रहेका बिष्टलाई ...

अज्ञात समूहद्वारा पत्रकार बिष्टमाथि आक्रमण
धनगढी- पत्रकार लोकेन्द्र बिष्टमाथि अज्ञात समूहद्धारा कुटपिट भएको छ । कैलालीको धनगढी स्थित एसटिएस टेलिभिजनका समाचार प्रमुखसमेत रहेका बिष्टलाई शुक्रबार राती अज्ञात समूहले कुटपिट भएको हो ।

काम सकेर घर जाने बेला नचिनेको एक समूहले निरघात कुपिट गरेको पिडीत बिष्टले बताए । उनीमाथि भएको घटनालाई लिएर प्रदेश सात पत्रकार महासंघ, पत्रकार महासंघ कैलालीले घोर आपत्ति जनाएको छ ।

पत्रकारको सुरक्षा खतरा बढेको भन्दै यसतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने महासंघले मागसमेत गरेको छ ।

घटनाबारे जानकारी लिन पत्रकार बिष्टको घरमा महासंघका प्रदेश संयोजक अर्जुन शाह, पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष जगत साउँद,  काेषाध्यक्ष हिमाल जोशी र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरे पुगेका छन् ।

पत्रकार बिष्टलाई कुटपिट गर्ने समूहलाई कारबाहिको दायरामा ल्याइने प्रहरी उपरिक्षक घिमिरेले बताए । उनीहरुको खोजी कार्य भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्