बुधबार, कात्तिक २७, २०७६

समाचार

बालाजुमा जुध्यो बस र मिनि ट्रक

काठमाडौंको बालाजु चोक नजिकै बस र मिनि ट्रक जुध्दा ३ जना घाइते भएका छन् ।  कलंकीबाट गएको मयुर यातायात र कलंकीतिर आउँदै गरेको मिनी ट्रक ...

बालाजुमा जुध्यो बस र मिनि ट्रक
काठमाडौं– काठमाडौंको बालाजु चोक नजिकै बस र मिनि ट्रक जुध्दा ३ जना घाइते भएका छन् ।  कलंकीबाट गएको मयुर यातायात र कलंकीतिर आउँदै गरेको मिनी ट्रक शनिबार बिहान जुध्दा बसमा यात्रारत ३ जना घाइते भएका हुन्।

घाइतेकाे अहिले विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । घाइते मध्ये एक जनाकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएको छ ।

कलंकीतिरबाट आउँदै गरेको बा ४ ख ९३५७ नम्बरको मयुर यातायातको बस र विपरित दिशातिरबाट गइरहेको बा ३ ख ११५७ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 
प्रतिक्रिया दिनुहोस्