बुधबार, कात्तिक २७, २०७६

समाचार

त्रिशुलीमा ट्रक खस्यो, चलकसहित दुईजना बेपत्ता

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ट्रक त्रिशुली नदिमा खस्दा २ जना वेपत्ता भएका छन् । शुक्रबार राति ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुली नदीमा खस्दा चालक र सहचालक ....

त्रिशुलीमा ट्रक खस्यो, चलकसहित दुईजना बेपत्ता
धादिङ- भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ट्रक त्रिशुली नदिमा खस्दा २ जना वेपत्ता भएका छन् । शुक्रबार राति ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुली नदीमा खस्दा चालक र सहचालक वेपत्ता भएका हुन् । 

वेपत्ता भएका सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय ट्रक चालक टोपबहादुर श्रेष्ठ,  ट्रकका सहचालक १९ वर्षका तुलसी दुलालको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी कार्य तिब्र पारिए पनि नदीमा पानीको सतह बढेकोले खोजी कार्यमा कठिनाइ भएको प्रहरीको भनाइ छ । 

पृथ्वीराजमार्ग अन्तरगत पर्ने धादिङको जोगिमाराबाट ट्रक त्रिशुलीमा खसेको स्थानीयले बताएका छन् । दुर्घटनामा परि घाइते भएका एक जनाको भने राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । 

 
प्रतिक्रिया दिनुहोस्