बुधबार, कात्तिक २७, २०७६

खेलकुद

विश्वकपमा नाइजेरियन युवतीलार्इ 'सेक्स' का लागि रुसमा बिक्री गरिने

जुन १४ देखि जुलार्इ १५ सम्म रसियामा हुने विश्वकप २०१८ का लागि मानव तस्करहरुले नाइजेरियन महिला यौन व्यापारमा लगाउन त्यसतर्फ लैजाने योजना बनाइरहेको खुलासा भएको छ । 

विश्वकपमा नाइजेरियन युवतीलार्इ 'सेक्स' का लागि रुसमा बिक्री गरिने
नाइजेरिया- जुन १४ देखि जुलार्इ १५ सम्म रुसमा हुने विश्वकप २०१८ का लागि मानव तस्करहरुले नाइजेरियन महिला यौन व्यापारमा लगाउन त्यसतर्फ लैजाने योजना बनाइरहेको खुलासा भएको छ । 

नाइजरियन अधिकारी तथा दासत्व विरोधी संस्थाहरुले सार्वजनिक गरेको प्रतिवेदन अनुसार रुसले दर्शक तथा प्रशंसक पास वितरणमा जोड दिएसँगै मानव तस्करहरु नाइजेरिन महिलाहरुलार्इ रुसका विभिन्न ११ सहरमा लैजाने तयारी तीव्र रुपमा अघि बढाइरहेका छन् । 

दासत्व विरोधी अल्टरनेटिभा समूहका सदस्य जुलिया सिलुयनोभाले भनिन्, 'यो मानव तस्करहरुका लागि उपयुक्त समय हो ।' उनका अनुसार मानव तस्करीलार्इ रोक्न भिसा प्रकृयालार्इ कडाइ गरिनुपर्दछ । जुलियाले भनिन्, 'पहिले भिसा प्रकृया कडाइ गरिएको थियो । जसले गर्दा मानव तस्करलार्इ भिसा प्रकृया गर्न महँगो तथा जटिल हुने गर्दथ्यो । तर, फेरि भिसा प्रकृयालार्इ सहज बनाउँदा मानव तस्करहरुको सक्रियता बढेको हो ।'

अल्टरनेटिभा समूहका अनुसार पछिल्ला केही वर्षहरुमा नाइजेरियन महिला तथा युवतीलार्इ राम्रो तलबसहितको रोजगारीमा भन्दै प्रलोभनमा पारेर रसिया लैजाने क्रम बढेको छ । २०१७ मा मस्कोमा भएको १० औं कन्फिडेरेसन कपमा ३० महिलालार्इ उद्दार गरिएको थियो । मानव तस्करहरुले यसपटक पनि  थुप्रै महिलाहरुलार्इ यौन व्यापारमा प्रयोग गर्न सक्ने अनुमान गरिएको अल्टरनेटिभा समूहका सदस्य जुलियाले रोयटर्सलार्इ बताइन् । 

नाइजेरिन मानव तस्कर विरोधी एजेन्सी एनएपिटीआइपिका अनुसार मानव तस्करहरुले विश्वकप २०१८ को फाइदा उठाउँदै नाइजेरियन युवतीहरुलार्इ रुसमा हुने विश्‍वकपमा राम्रो तलब सुविधासहित रोजगारीमा लगाइदिने भन्दै त्यसतर्फ लैजान अबुजामा रहेको रसियन राजदु्तावाससँग लविङ गरिरहेका छन् । 

'यस विषयमा हामीले नाइजेरियनहरुलार्इ अलर्ट गराउन सकेमा मानव तस्करहरुको यो योजनालार्इ विफल पार्न सकिन्छ', एनएपिटीआइपि का प्रमुख प्रशासक अरिन्ज ओरेकेयुले भने ।   -एजेन्सी
प्रतिक्रिया दिनुहोस्