बुधबार, कात्तिक २७, २०७६

समाचार

अब संसदमा अभियुक्त सांसद !

सार्बभौम सत्ता सम्पन्न संसदमा अब अभियुक्त सांसद पनि भेटिने भएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले अभियुक्त सांसद निलम्बन नहुने गरी नियमावली पारित गरेपछि  अपराधको अभियोग लागेका सांसदहरु संसद भित्र भेटिने भएका हुन् । 

अब संसदमा अभियुक्त सांसद !
काठमाडौं- सार्बभौम सत्ता सम्पन्न संसदमा अब अभियुक्त सांसद पनि भेटिने भएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले अभियुक्त सांसद निलम्बन नहुने गरी नियमावली पारित गरेपछि  अपराधको अभियोग लागेका सांसदहरु संसद भित्र भेटिने भएका हुन् । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले पारित गरियोस भनि प्रस्ताव गरेका थिए । सभामुखले निर्णयार्थ   बैठकमा पेश गर्दा संसदको बहुमतले पारित गरेको थियो । 

 यस भन्दा अघि अभियोग लागेका सांसदहरु स्वतः निलम्बन हुने ब्यबस्था थियो । नियमावली मस्यौदा समितिको बैठकमा नेकपाका नेताहरुले अभियोग लागेका संसादहरु स्वतः निलम्बन हुने धारणा राखेका थिए । तर नेपाली कांग्रेसले अभियोग लागेपनि निलम्बन गर्न नहुने अडान राखेका थिए ।

कांग्रेसका अडानका कारण कार्यसूचीमा परेर पनि यो नियमावली निर्णयार्थ पेश हुन पाएको थिएन । 

सभामुख कृष्णबहादुर महराले पटक पटन छलफल गरेपनि कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि पारित हुन सकेको थिएन । अन्तिममा नेपाली कांग्रेसको अडानमा नेकपा  सहमत भएपछि शुक्रबार नियमावली पारित भएको हो ।

सभामुखले बोलाएको छलफलमा सहभागी नेकपा र कांग्रेसका नेताहरुबीच निलम्बन नगर्ने तर सांसदका रुपमा पाउने सेवासुविधा खारेज गर्ने सहमति भएको थियो । 
प्रतिक्रिया दिनुहोस्