बुधबार, कात्तिक २७, २०७६

समाचार

नेपालमै भेटियो नुन खानी

बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नुन खानीको सम्भाव्यता देखा परेको छ ।  खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । 

नेपालमै भेटियो नुन खानी
जाजरकोट । बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नुन खानीको सम्भाव्यता देखा परेको छ । 

खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । 

खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नुनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले जानकारी दिए । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड ट्रेनिङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो । 

खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताए । उनले भने, 'केही दिनमै नुन खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु । म सानै हुँदा बारेकोटमा नुन खानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए ।' 

बारेकोटमा नुन निकाल्न सके देशलाई नुनमा आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ । खोलामा धेरै ठूलो पानी नभए पनि निरन्तर बगिरहने पानीबाट धेरै नुन उत्पादन गर्न सकिने खनालले बताए । यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक रहेको उनको सुझाव छ । 

सिंहका अनुसार बारेकोटमा नुन खानीमात्र होइन र फलाम खानीसमेत छ । नुन र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नका लागि वचन दिएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्