बुधबार, कात्तिक २७, २०७६

समाचार

बसमा ठोक्किएर ट्राफिक प्रहरीको मृत्यु

वुटवलमा भएको सवारी दुर्घटनामा परि एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक ...

बसमा ठोक्किएर ट्राफिक प्रहरीको मृत्यु
रुपन्देही- बुटवलमा भएको सवारी दुर्घटनामा परि एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको बसमा ठोकिएर मृत्यु भएको हो । 

रुपन्देहीको तिलोत्तमा योगिकुटी घर भएका खनालले चलाएको गाडी बुटवल धागो कारखाना नजिकै बसमा ठोक्किएपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

दुर्घटना पछि गम्भिर घाइते भएका ४६ वर्षीय खनालको विहीबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

 
प्रतिक्रिया दिनुहोस्