मंगलबार, मंसिर २४, २०७६

समाचार

भीरबाट खसेको ढुंगा लाग्दा एकको मृत्यु एक घाइते

बझाङमा भीरबाट खसेको ढुंगा लागेर एकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्

भीरबाट खसेको ढुंगा लाग्दा एकको मृत्यु एक घाइते
बझाङ- बझाङमा भीरबाट खसेको ढुंगा लागेर एकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । 

बझाङ्को तलकोट गाउँपालिका-३ स्थित तलकोटदेखि वस्ती जाने सडकखण्डमा काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेर सोही ठाउँ बस्ने ४० वर्षीय मिरौली रोकायाको घटनास्थलमै ज्यान गएको छ भने करिब ३०-३२ वर्षीय जुनकिरी चुनारा गम्भिर घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

घाइते चुनारालार्इ तलकोट प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्दार गरी जिल्ला अस्पताल बझाङ लगेको छ । 

प्रहरीका अनुसार आज (बिहीबार) बेलुका ७:४५ बजेतीर घटना घटेको हो । 
प्रतिक्रिया दिनुहोस्