मंगलबार, कात्तिक २६, २०७६

समाचार

प्रदेश २ को नीति तथा कार्यक्रमः ‘हर खेत मे पानी, हर हाथमे नोकरी’

प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बिहिबार प्रदेशसभामा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

प्रदेश २ को नीति तथा कार्यक्रमः ‘हर खेत मे पानी, हर हाथमे नोकरी’
जनकपुरधाम- प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बिहिबार प्रदेशसभामा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

यसअघि प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि चैत २८ गते नीति तथा कार्यक्रम ल्याएको थियो ।

प्रदेश सरकारले कृषि तथा सिचाईं क्षेत्रको विकास गर्दै ‘हरेक खेत मे पानी, हर हाथमे काम’ भन्ने नारालाई नीति तथा कार्यक्रममा जोड दिएको छ । प्रदेश सरकारले खेती योग्य जग्गामा सिचाईं सुविधा उपलब्ध गराइ पानी र कामलाई प्राथमिकताका साथ अगाढी बढाउने नीति कार्यक्रममा उल्लेख छ।

त्यसैगरी प्रदेशमा उपलब्ध जलस्रोत विकास एवम व्यवस्थापन तथा उपयोगितको लागि एकीकृत जलस्रोत नीति तर्जुमा गरिने भएको छ । जलस्रोतको संरक्षण, व्यवस्थापन र समन्वयात्मक बहुआयामिक उपयोग गर्ने कानूनी व्यवस्थाको नीति सरकारले लिएको छ । 

बाढी नियन्त्रण तथा व्यवस्थापनका लागि जोखिमयुक्त क्षेत्रको पहिचान र नक्साकंनसहित प्राथमिकताको आधारमा पूर्व तयारी तथा क्षति न्यूनिकरण एवंम पुनःस्थापनाको कार्य संघीय तथा स्थानीय सरकारको सहकार्यमा अगाडी बढाउने सरकारको नीति छ । 


प्रदेश २ लाई अन्न भण्डार, तरकारी भण्डार, औद्योगिक बाली, दुध उत्पादन र माछा उत्पादन गरी विशेष प्रदेशको रुपमा विकास गर्ने नीति सरकारले लिएको छ ।
जनकपुरको जानकी मन्दिर, धनुषाधाम, सप्तरीको क्षिन्नमस्ता, ठेलिया, शम्भुनाथ लगायतका ऐतिहासिक, धार्मिक एवम पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा निजी क्षेत्रलाई आकर्षित गरिने प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख छ । पर्सा वन्यजन्तु आरक्षलाई पर्यटकीय दृष्टिकोणले आकर्षक बनाउन निजी क्षेत्रसँग सहकार्य गरी विकास गर्ने सरकारले लक्ष्य लिएको छ।

वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना जस्ता बन्द उद्योगहरुको स्रोत, साधन, क्षमता आदीको पहिचान गरी प्रदेश सरकार अन्तर्गत ल्याएर पुनः सञ्चालन गर्न वैकल्पिक उद्योगमा रुपान्तरण गर्ने नीति सरकारले लिएको छ ।

त्यसैगरी जनकपुर–जयनगर रेलमार्ग, वीरगञ्ज–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन, सिमरा विशेष आर्थिक क्षेत्र, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, कोशी जलयातायात जस्ता राष्ट्रिय स्तरका ओयोजनाबाट प्रदेश अन्तर्गतका औद्योगिकीकरण, वाणिज्य व्यापारलाई टेवा पुग्ने नीति तर्जुमा गरिने नीति कार्यक्रममा उल्लेख छ।

प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ आफ्नो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । मिथिला भोजपुरा लगायतका मधेशका सांस्कृतिक पहिचान बोकेका धरोहरहरुको संरक्षणका लागि प्रदेश सांस्कृतिक संरक्षण केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा जनाइएको छ ।

प्रदेश सरकारको हिन्दु, इस्लाम, वौद्ध, जैन, सिख लगायतका धार्मिक एवम पर्यटकीय स्थलहरुको व्यवस्थापन र स्तरोन्नति गरी नियमन तथा प्रबद्र्धन गर्न प्रादेशिक पर्यटन बोर्ड गठन गर्ने नीति छ ।

प्रदेशको हरेक जिल्लाको सदरमुकाम छुनेगरी रेलमार्ग निर्माण गर्न, निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र प्रदेशको सम्पूर्ण जिल्ला सदरमुकाम जोडिने हुलाकी राजमार्ग निर्माण कार्य दु्रत गतिमा बढाउन संघीय सरकारलाई आवश्यक सहयोग तथा सकारात्मक वातावरण निर्माण गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ ।

जनकपुर अञ्चल अस्पतालमा हृदयरोग उपचारको लागि काठमाण्डौंस्थित गंगालाल अस्पतालको युनिट खडा गर्नुका साथै नारायणी अञ्चल अस्पताललाई बीरगञ्ज हृदयरोग उपचार केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको छ ।
पूर्णपाठ
प्रतिक्रिया दिनुहोस्