बिहिबार, मंसिर ५, २०७६

प्रविधि

काटेर राखेको सुन्लताले रंग परिवर्तन गरेपछि...

अस्ट्रेलियामा काटेर राखेको सुन्तलाले रंग परिवर्तन गरेपछि एक हंगामा नै भयो । बच्चालाई खानका लागि दिएको सुन्तला एकाएक ‘परपल कलर’ मा परिवर्तन भएपछि बच्चाका अभिभावकले प्रहरीलाई उजुरी दिएका थिए । त्यसपछि रंग परिवर्तन भएको सुन्तलाको ल्याव परीक्षण गरियो । 

झण्डै दुई हप्तामा सम्म गरिएको अध्ययनपपिछ सुन्तला र सुन्तला काट्न प्रयोग गरिएको हतियारबीचको रसायनिक प्रतिक्रियाका यस्तो भएको निष्कर्ष निकालिएको छ । 

धेरै परिक्षणपछि मात्र कुनै विषादी नभई काट्ने चक्कु र सुन्तलाको रसायनिक प्रतिक्रियाले सुन्तलाले रंग परिवर्तन गरेको अस्ट्रेलियाको क्विनस्ल्यान सरकारको मातहमा रहेको क्विनस्ल्यान्ड हेल्थका रसायनविद् प्रमुख स्टेवाट कार्सवेलले बताए । 

जसमा, सुन्तला काटिएको चक्कुको धारमा रहेको ‘आइरन’ तत्व र सुन्तलामा रहको ‘एयान्थोसाइनेन’ तत्वको रिएक्सनले पर्पल कलर आएको तथ्य पत्ता लागेको छ । 

गत सप्टेम्बर ६ मा, अष्ट्रेलियाको ब्रिस्बेनमा नेटी मोफिटेले बजारबाट सुन्ताला किनेर ल्याएको सुन्तलाले रंग परिवर्तन गरेको थियो । आफूले ल्याएको सुन्तला चक्कुले काटेर छोरालाई खान दिएको भएपनि छोराले खानबाँकी सुन्तलाको रंग परिवर्तन हुँदा विषादी प्रयोग भएको हुनसक्ने भन्दै उनीहरु डराएका थिए । 
प्रतिक्रिया दिनुहोस्