नेदरल्यान्ड्स- नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुथको हातबाट कफीको गिलास खसेपछि आफैंले सफा गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।
रुथ आफ्नो कार्यकक्षमा एक हातमा फाइल र अर्को हातमा कफी लिएर हिँडिरहेको समयमा ढोकामा ठोक्किएर कफीको गिलास भुर्इंमा खसेको थियो । लगत्तै रुथले सफाइ गर्ने कर्मचारीलार्इ बोलाउनुको साटो आफैँले भुर्इं सफा गरेका थिए ।
उक्त भिडियो नेदरल्यान्ड्सका एक कुटनीतिज्ञले ट्वीटरमा सेयर गरेका थिए । भिडियोमा प्रम रुथले कप उठाएर मुस्कुराउँदै भुर्इं सफा गरिरहेको देख्न सकिन्छ ।