शुक्रबार, कात्तिक २९, २०७६

समाचार

नेविसंघका १६ कार्यकर्ता प्रहरी नियन्त्रणमा

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेविसंघका १६ कार्यकर्ता प्रहरी नियन्त्रणमा
जनकपुरधाम- पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुर उपमहानगरपालिका-१२ पिडाडी चोकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलार्इ नियन्त्रणमा लिएको तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले बताए । उपसभापति साहका अनुसार प्रहरीले नेविसंघ जिल्ला अध्यक्ष सुजीत झा, कपिल यादव, सुजीत यादव, नवनित झासहित १६ जनालाई पक्राउ गरेको हो । 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि वातावरण तनावपूर्ण बनेको हो ।

यसअघि नेविसंघका कार्यकर्ताले मूल्यवृद्धि फिर्ताको माग गर्दै जिल्ला प्रशासनमा धर्ना दिएका थिए । तीन महिनाको अवधिमा सरकारले पाँच पटक गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्