सोमबार, मंसिर २३, २०७६

समाचार

सप्तरीमा स्वाईन फ्लु फैलन सक्‍ने भन्दै विद्यालय बन्द

सप्तरीको कञ्चनरुप र हनुमाननगर नगरपालिकामा 'एचवानएनवान' (स्वाईन फ्लु) र 'एचथ्रिएनटु' (हङकङ फ्लु)को भाईरस फेला परेकोले रोगको संक्रमण फैलनसक्ने भन्दै विद्यालय बन्दको आव्हान गरिएको छ। 

सप्तरीमा स्वाईन फ्लु फैलन सक्‍ने भन्दै विद्यालय बन्द
राजविराज- सप्तरीको कञ्चनरुप र हनुमाननगर नगरपालिकामा 'एचवानएनवान' (स्वाईन फ्लु) र 'एचथ्रिएनटु' (हङकङ फ्लु)को भाईरस फेला परेकोले रोगको संक्रमण फैलनसक्ने भन्दै विद्यालय बन्दको आव्हान गरिएको छ। 

स्वार्इ फ्लु र हङकङ फ्लुको भाइरस फैलिएर संक्रमण बढ्ने र महामारी हुनसक्ने भन्दै असोज २ गतेसम्मका लागि विद्यालय बन्द गरिएको जनाइएको छ। 

कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाईन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जनप्रसाद यादवले बताए। ८ जनाको रिपोर्ट आउन अझै बाँकी छ।

भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा १ हजार १ सय २२ जनाले स्वास्थ्य  परीक्षण गराएका थिए। जसमध्ये २४ जनाको रगत र र्‍याल परीक्षणका लागि काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो।

ज्वरो र रुघाखोकी बढेर कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवश बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र  वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो।  बढ्दै गएपछि कञ्चरुप तथा हनुमाननगर क्षेत्रमा हेल्थ क्याम्प स्थापना गरी बिरामीको रगत र र्‍याल परीक्षण गरिएको थियो।

ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका ४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको मृत्यु भएको छ। स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि विराटनगरस्थित ग्रिनक्रस हस्पिटममा भर्ना गरिएकी सरदारको उपचारकै क्रममा बुधवार बिहान मृत्यु भएको थियो। 
प्रतिक्रिया दिनुहोस्