शुक्रबार, मंसिर २७, २०७६
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि सरकारमा सहभागी मन्त्रीहरुले प्रदेशलाई समृद्ध र सबल बनाउन प्रतिबद्ध रहेको प्रायः हरेक मञ्चबाट अभिव्यक्ति दिँदै आएका छन्। राउतको नेतृत्वमा सरकार गठन भएको सात महिना पुरा हुँदैछ। तर, प्रदेशलाई समृद्ध बनाउने गरी सरकारले न कुनै काम गर्न सकेको छ न त कुनै योजना नै बनाउन सकेको छ।