मंगलबार, मंसिर २४, २०७६

समाचार

भट्टराई भन्छन् : चीनले काठमाडौसम्म रेल ल्याईदिन्छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्दीय सदस्य एवम् परराष्ट्र मामिलाका जानकार डा.राजन भट्टराईले चीनको सहयोगमा काठमाडौंसम्म नै रेल आउने दाबी गरेका छन् । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले नेपालले आन्तरिक रुपमा बनाउन नसक्ने रेल सेवा विस्तारका चीनले सहयोग गरे विस्तार हुने बताए । 

भट्टराई भन्छन् : चीनले काठमाडौसम्म रेल ल्याईदिन्छ
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्दीय सदस्य एवम् परराष्ट्र मामिलाका जानकार डा.राजन भट्टराईले चीनको सहयोगमा काठमाडौंसम्म नै रेल आउने दाबी गरेका छन् । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले नेपालले आन्तरिक रुपमा बनाउन नसक्ने रेल सेवा विस्तारका चीनले सहयोग गरे विस्तार हुने बताए । 

नेपालमा रेलदेखि तेलसम्मको व्यापार विस्तार बढाउने विषयमा अघिल्लो पटक प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीले १० बुँदे सम्झौता गरेको बताएँदै नेता भट्टराईले विगतमा भएको समझदारीलाई कार्यान्वयन गर्नुपर्ने बताए । 

चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर-दक्षिण राजमार्ग, क्रस-बोर्डर ट्रन्समिसन र आर्थिक लगानी तथा द्धिपक्षीय व्यापार लगायतका विषयलाई अबको प्रधानमन्त्रीको भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए । 

नेपालमा लगानी गर्न चीन आँतुर रहेको सुनाउँदै नेता भट्टराईले आन्तरिक रुपमा नीतिगत स्थायित्वबारे आस्वस्त पार्न सक्नुपर्ने बताए । 
 
प्रतिक्रिया दिनुहोस्