सोमबार, मंसिर २३, २०७६

समाचार

'जनकपुरमा ल्यान्डफिल साइट नबन्‍ने निश्‍चित'

फोहोर व्यवस्थापन गर्न चुनौतीको सामना गरिरहेको जनकपुरमा ल्यान्डफिल साइट नबन्ने लगभग निश्चित भएको छ।  फोहोर व्यवस्थापनका लागि निश्चित ठाउँ नहुँदा शहर दुर्गन्धित भइरहेकोबेला एसियाली विकास बैंक(एडीबी) को सहयोगमा ल्यान्डफिल साइट निर्माण हुने भनिएको थियो। र, ल्यान्डफिल साइट निर्माण गर्न एडीबीले ४८ करोड ऋण सहयोग गरेको थियो।

'जनकपुरमा ल्यान्डफिल साइट नबन्‍ने  निश्‍चित'
जनकपुरधाम- फोहोर व्यवस्थापन गर्न चुनौतीको सामना गरिरहेको जनकपुरमा ल्यान्डफिल साइट नबन्ने लगभग निश्चित भएको छ। 

फोहोर व्यवस्थापनका लागि निश्चित ठाउँ नहुँदा शहर दुर्गन्धित भइरहेकोबेला एसियाली विकास बैंक(एडीबी) को सहयोगमा ल्यान्डफिल साइट निर्माण हुने भनिएको थियो। र, ल्यान्डफिल साइट निर्माण गर्न एडीबीले ४८ करोड ऋण सहयोग गरेको थियो।

तर, प्रमुख सरोकारवाला निकाय जनकपुर उपमहानगरपालिका कार्यालयले चासो नदिँदा साइट निर्माण संकटमा परेको छ। एडीबीले एकिकृत शहरी विकास आयोजना अन्तर्गत सडक, ढल र ल्यान्डफिल निर्माणको लागि उपमहानगरपालिकासँग गरेको सम्झौता आगामी डिसेम्बर ५ तारिखमा सकिंदैछ। 

आयोजना सकिन तीन महिनाभन्दा पनि कम समय रहेको अवस्थामा उपमहानगरपालिकाले ल्यान्डफिल निर्माण कार्य शुरुसमेत गर्न सकेको छैन्। ल्यान्डफिल साइट निर्माण गर्न नसकेपछि पैसा फिर्ता जाने निश्चित भएको छ।

उपमहानगरपालिकाले ल्यान्डफिल निर्माणतर्फ चासो नदिँदा जनकपुर पुगेको एक टोलीले रकम फिर्ता लिने चेतावनी दिएको बुझिएको छ। एडीबी टोलीका सदस्यहरुले समयमा निर्माण कार्य पुरा हुनसक्ने संभावना नरहेको भन्दै सम्झौता रद्द गरी रकम फिर्ता लाने निर्णय गर्ने मनसायमा देखिएका थिए। तर, ५ डिसेम्बरमा आयोजनाको समायावधि आफै सकिने भएकोले सम्झौता रद्द नगर्न उपमहानगरपालिकाले आग्रह गरेपछि उनीहरु रुकेको एक कर्मचारीले बताएका छन्।

एडीबीले आयोजना सम्झौता गर्न सबैभन्दा महत्पवपूर्ण विषय ल्यान्डफिल साइटलाई बनाएको थियो। ल्यान्डफिलका लागि गुठी संस्थानले जनकपुर-१८ भोइलमा १२ बिघा १० कठ्ठा १६ धुर जग्गासमेत उपलब्ध गराएको छ। ल्यान्डफिल निर्माणगर्न उपमहानगरपालिकाले २० फागुन २०७३ मा सम्झौता गरेको थियो। तर, सम्झौता भएको ढेढ वर्ष बितिसक्दा पनि उपमहानगरपालिकाले निर्माण कार्य अगाडी बढाउन सकेको छैन्।

आयोजनाको समयावधि सकिन केहिदिनमात्र बाँकी रहेको अवस्थामा उपमहानगरपालिकाले मुआब्जा लिन करिब १२ दिन अगाडी सार्वजनिक सूचना जारी गरेको छ । तर, अहिलेसम्म मुआब्जा लिन कोहि नआएको उपमेयर रीता झाले बताइन्। भोइलका स्थानीयहरुले सहयोग नगर्दा ल्यान्डफिल साइट निर्माणमा समस्या आएको उनको दाबी छ। ल्यान्डफिल निर्माणको लागि अन्तिम समयसम्म प्रयास गर्ने झाले बताइन्। ल्याण्डफिल निर्माण गर्न आएको रकम अहिले फिर्ता नभएको उनको दाबी छ।

आफ्नै पार्टीबाट उपमेयर बनेकी झाले पैसा फिर्ता नभएको बताइ रहँदा राजपा धनुषाका कोषाध्यक्ष रामविनोद चौधरीले ल्यान्डफिल निर्माणको लागि आएको रकम फिर्ता भइसकेको दाबी गरेका छन्। डेढ वर्ष अघि जग्गा प्राप्त भइसकेपनि उपमहानगरपालिकाले चासो नदिँदा ल्यान्डफिल साइट निर्माणको लागि आएको पैसा फिर्ता भएको चौधरीले बताए।

जग्गा उपलब्ध हुँदापनि समयमा चासो नदिएर मुआब्जा वितरणगर्न अन्तिम समयमा सूचना प्रकाशित गरेर उपमहानगरपालिकाले झारोटार्ने काममात्र गरेको उनको आरोप छ। ल्यान्डफिल साइट नबने फोहोर व्यवस्थापनको समस्या झल्दै आएको जनकपुर नर्क बन्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्