बुधबार, कात्तिक २७, २०७६

समाचार

प्रदेश ७ : नेकपा संसदीय दलको नेतामा भट्ट चयन

दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश ७ संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन गरेका छन् । 

प्रदेश ७ : नेकपा संसदीय दलको नेतामा भट्ट चयन
धनगढी- दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश ७ संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन गरेका छन् । 

मंगलबार बसेको संसदीय दलको बैठकले यसअघि माओवादीबाट संसदीय दलको नेता चयन भएका मुख्यमन्त्री भट्टलाई नै संसदीय दलको नेता चयन गरेको हो । 

त्यस्तै बैठकले यसअघि एमाले संसदीय दलको नेता रहेका आन्तरिक मामिला मन्त्री प्रकाश शाहलाई उपनेता चयन गरेको सामाजिक विकास मन्त्री दीर्घ सोडारीले जानकारी दिए । 

यस्तै एमालेबाट सचेतक चयन भएका तारा लामा तामाङ प्रमुख सचेतक चयन भएका छन् भने माओवादीबाट सचेतक चयन भएका अक्कल रावल संयुक्त पार्टीको पनि सचेतक बनेका छन् । यसअघि संसदमा दुई दलका रुपमा रहेका एमाले र माओवादी अब औपचारिक रुपमा पार्टी बनेका छन् । 
प्रतिक्रिया दिनुहोस्