मंगलबार, कात्तिक २६, २०७६

समाचार

माछा मार्न गएका दुई भारतीय सुनकोशीमा बेपत्ता

सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा ..

माछा मार्न गएका दुई भारतीय सुनकोशीमा बेपत्ता
चौतारा- सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । 

बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम- ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्